जनप्रशासन क्याम्पसले सुरु गर्यो ‘गभर्नेन्स ल्याब’
सारांश
- त्रिभुवन विश्वविद्यालयको जनप्रशासन क्याम्पसले गभर्नेन्स ल्याबको अभ्यास सुरु गरेको छ।
- ल्याबको पहिलो सेसनमा 'पब्लिक सर्भिस मोटिभेसन' विषयक छलफल भयो।
- क्याम्पसले सार्वजनिक नीतिको परीक्षण गरी सरकारलाई सुझाव दिने लक्ष्य राखेको छ।
काठमाडौँ । त्रिभुवन विश्वविद्यालयअन्तर्गतको जनप्रशासन क्याम्पसले गभर्नेन्स ल्याब (शासकीय प्रयोगशाला) को अभ्यास सुरु गरेको छ। क्याम्पसमा अध्ययनरत विद्यार्थीहरूलाई निजामती सेवा प्रवेशमा सहजीकरण र प्रेरित गर्ने उद्देश्यले आफ्नो ४९ औँ स्थापना दिवसका सन्दर्भमा क्याम्पसले गभर्नेन्स ल्याबको प्रारम्भ गरेको हो ।
ल्याबको पहिलो सेसनमा ‘पब्लिक सर्भिस मोटिभेसन–पिएसएम इन नेपाली सिभिल सर्भिस’ विषयक छलफल गरेको छ। कार्यक्रममा सहप्राध्यापक डा.नरेन्द्रराज पौडेलले कार्यपत्र प्रस्तुत गरेका थिए ।
कार्यपत्रमाथि नेपाल सरकारका सचिव भरतमणि सुवेदी, पूर्वसचिव प्रतापकुमार पाठक, जनप्रशासन क्याम्पसका उपप्राध्यापक डा. मुकेश कुमार बास्तोला, सञ्जय घिमिरे, डा. सुर्य अधिकारी लगायतले टिप्पणी गरेका थिए।
छलफलमा उठेका सवाल र निष्कर्षहरूसहितको संक्षिप्त नीति पत्र क्याम्पसले प्रकाशनमा ल्याउने क्याम्पस प्रमुख सुवास शर्माले जानकारी दिए । सार्वजनिक नीतिको परीक्षण गरी नेपाल सरकारलाई सुझाव दिने बृहत् उद्देश्यसहित क्याम्पसले गभर्नेन्स ल्याबको अवधारण अघि सार्दै अभ्यास गर्न थालेको क्याम्पस प्रमुख शर्माले जानकारी दिए ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण