पाँच वर्षभित्र प्रत्येक नागरिकले जोखिमको पूर्वसूचना प्राप्त गर्छ : गृहमन्त्री लेखक
सारांश
- गृहमन्त्री रमेश लेखकले पाँच वर्षभित्र हरेक नागरिकले जोखिमको पूर्वसूचना पाउने बताए।
- उनका अनुसार, नेपालको एक तिहाइ जनसंख्या जोखिमको पूर्व सूचनाबाट बाहिर छ।
- सरकारले सन् २०३० सम्ममा सबै नागरिकलाई जोखिम पूर्वसूचना सुनिश्चित गर्ने लक्ष्य लिएको छ।
काठमाडौँ । गृहमन्त्री रमेश लेखकले अबको पाँच वर्षभित्र हरेक नागरिकले जोखिमको पूर्वसूचना प्राप्त गर्ने बताएका छन् । बिहीबार सबैका लागि पूर्वसूचना राष्ट्रिय कार्यशालामा बोल्दै उनले अबको पाँच वर्षभित्रमा मुलुकका सबै नागरिकले जोखिम पूर्वसूचना प्राप्त गर्ने बताएका हुन् ।
“नेपालमा पनि एक तिहाइ जनसंख्या प्रकृतिजन्य र जलवायुजन्य जोखिमको पूर्व सूचना बाहिर छ ।” उनले भने–“२०३० सम्ममा नेपालका प्रत्येक नागरिकले जोखिमको पूर्वसूचना प्राप्त गर्ने स्थितिको सुनिश्चितता गरिन्छ ।”
उनले विश्वमा मनसुनजन्य जोखिममा रहेका एक तिहाइ जनसंख्या अझै पनि पूर्वसूचनाको पहुँचमा नरहेको तथ्याङ्कमा रहेको बताउँदै त्यसमा नेपाल पनि रहेको बताए ।
“संयुक्त राज्य संघले सन २०२२ मा घोषणा गरेर २०२७ भित्र एक तिहाइ मानिसले पनि सूचना प्राप्त गर्नुपर्छ भनेको छ ।” उनले भने–“हामी अहिले त्यसको मार्गचित्र बनाउँदै छौ थोरै पछाडि परेका छौ अबको पाँच वर्षभित्रमा नेपालको प्रत्येक नागरिकले पूर्वसूचना पाउने सुनिश्चितता गर्छ ।”
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण