निर्वाचन आयोगको स्वमूल्याङ्कन कार्यविधि कांग्रेसलाई स्वीकार्य छैन : महामन्त्री थापा
बिहीबार, २२ साउन २०८२, १६ : ५३
सारांश
- नेपाली कांग्रेसले निर्वाचन आयोगको स्वमूल्याङ्कन कार्यविधि अस्वीकार गरेको छ।
- कांग्रेस महामन्त्री गगन थापाले कार्यविधि पार्टीलाई स्वीकार्य नभएको बताए।
- थापाले दलहरूलाई नियमन गर्ने कार्य स्वीकार्य नहुने बताए, र स्वमूल्याङ्कनमा कांग्रेसको असहमति रहेको जनाए।
काठमाडौँ । नेपाली कांग्रेसले निर्वाचन आयोगले तयार पारेको राजनीतिक दल स्वमूल्याङ्कन कार्यविधि पार्टीलाई स्वीकार्य नभएको बताएको छ । कांग्रेस महामन्त्री गगन थापाले कार्यविधि पार्टीलाई स्वीकार्य नरहेको बताए ।
संविधानले दलहरूले गरेको कामलाई नियमन गर्ने थापाले बताए । ‘भन्दा स्वमूल्याङ्कन भन्दै नियन्त्रण गर्न खोजिएको हो । त्यो नेपाली कांग्रेसलाई स्वीकार्य छैन,’ महामन्त्री थापाले रातोपाटीसँग भने ।
निर्वाचन आयोगले जनताद्वारा निर्वाचित भएका दलहरूलाई नियमन गर्ने र गराउने गर्ने विषय मान्य नहुने थापाले बताए । आयोगले तयार गर्न लागेको स्वमूल्याङ्कन कार्यविधिमा कांग्रेसको शतप्रतिशत असहमति रहेको उनको भनाइ छ ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण