कांग्रेस बागमती संसदीय दलको मुख्य सचेतकमा बादे नियुक्त
सारांश
- इन्द्रबहादुर बानियाँले कञ्चनचन्द्र बादेलाई बागमती प्रदेश संसदीय दलको मुख्य सचेतकमा नियुक्त गरेका छन्।
- मीनकृष्ण महर्जनलाई संसदीय दलको सदस्य सचिवमा नियुक्त गरिएको छ।
- मुख्यमन्त्री बानियाँले संसदीय दल गठन र प्रमुख पदहरूमा नियुक्ति गरेका छन्, र आगामी साता विश्वासको मत लिने तयारी छ।
मकवानपुर । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको मुख्य सचेतकमा कञ्चनचन्द्र बादे नियुक्त भएका छन् । मुख्यमन्त्री एवम् संसदीय दलको नेता इन्द्रबहादुर बानियाँले उनलाई मुख्य सचेतकमा नियुक्त गरेका हुन् ।
नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको विधानको दफा ११ को उपदफा १ बमोजिम सांसद बादेलाई मुख्य सचेतकको जिम्मेवारी प्रदान गरिएको हो । गत साउन १३ मा तत्कालीन दल नेता बहादुर सिंह लामा विरुद्ध अविश्वास प्रस्ताव पारित भएपछि साउन १४ मा पुनः दल नेता चयनका लागि निर्वाचन भएको थियो ।
उक्त निर्वाचनमा बानियाँले २२ मत र लामाले १४ मत प्राप्त गरेका थिए । ३७ सांसद रहेको कांग्रेसको ५१ प्रतिशत भन्दा बढी सांसदको समर्थनमा बानियाँ दल नेता बनेपछि संसदीय दलको पुनः गठन बाँकी रहेको थियो ।
संसदीय दलको रिक्त रहेका मुख्य सचेतक पदमा मुख्यमन्त्री बानियाँले सांसद बादेलाई नियुक्त गरेका हुन् । बादे काभ्रेको निर्वाचन क्षेत्र नम्बर २ (ख)बाट निर्वाचित सांसद हुन् । उनी कांग्रेस बागमती प्रदेश समितिका महमन्त्री समेत हुन् ।
त्यसै मुख्यमन्त्री बानियाँले संसदीय दलको विधानको दफा १० को उपदफा ८ बमोजिम संसदीय दलको सदस्य सचिवमा मीनकृष्ण महर्जनलाई नियुक्त गरेका छन् । प्रदेशको पूर्व युवा तथा खेलकुद मन्त्री समेत रहेका महर्जनलाई बानियाँले सदस्य सचिवको जिम्मेवारी प्रदान गरेका हुन् ।
महर्जन ललितपुर निर्वाचन क्षेत्र नम्बर २ (क)बाट निर्वाचित सांसद हुन् । साउन ९ मा तत्कालीन दल नेता लामा माथि अविश्वास प्रस्ताव दर्ता तथा पारित र संसदीय दलको नेताको निर्वाचनको क्रममा दुवै जनाले महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।
मुख्यमन्त्री बानियाँले संसदीय दलको उपनेता तथा कोषाध्यक्ष भने नियुक्त गरेका छैनन् । यद्यपि मुख्यमन्त्री बानियाँले विधानको दफा ९ को उपदफा २ को खण्ड (ख) बमोजिम संसदीय दलको कार्यसमिति समेत गठन गरेका छन् । गत साउन २० मा प्रदेशको मुख्यमन्त्री बनेका बानियाँले आगामी साता भित्रै विश्वासको मत लिने तयारी अनुसार संसदीय दल गठन तथा प्रमुख पदमा नियुक्ति दिएका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निर्देशन कुर्नु पर्दैन, ऐनअनुसार बक्यौता उठाउनुस् : मन्त्री श्रेष्ठ
-
रामेश्वरले घटाएको विष्णुको बजेट स्वर्णिमले किन बढाए ?
-
चेक अनादर मुद्दामा फरार ग्रेटर नेपाल अभियानका अध्यक्ष फणिन्द्र नेपाल पक्राउ
-
सुदूरपश्चिममा मन्त्रिपरिषद् पुनर्गठन, मन्त्रीहरूले लिए शपथ
-
सर्वोच्च अदालतद्वारा सुनुवाइको ‘लाइभ स्ट्रिमिङ’ परीक्षण
-
ट्राफिक नियम उल्लङ्घनको अभियोगमा हर्क साम्पाङलाई के भयो कारबाही ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण