गृहमन्त्रीलाई ज्ञानेन्द्र शाहीको प्रश्न : सहकारी ठगी कहिलेसम्म सहने ?
सारांश
- राप्रपा प्रवक्ता ज्ञानेन्द्र शाहीले कांग्रेस र एमालेका नेताहरूले सहकारी ठगी गरेको आरोप लगाएका छन्।
- शाहीले गृहमन्त्रीलाई कांग्रेस र एमालेका सहकारी ठगलाई कहिले कारबाही गर्नुहुन्छ भनी प्रश्न गरेका छन्।
- उनले रवि लामिछानेलाई कारागारमा राखिएको विषयले न्याय प्रणालीमाथि प्रश्न उठाएको बताएका छन्।
काठमाडौँ । राप्रपाका प्रवक्ता ज्ञानेन्द्र शाहीले नेपाली कांग्रेस र नेकपा (एमाले) का नेताले सहकारी क्षेत्रमा गरेका ठगीले लाखौँ नेपालीको पसिनाको कमाइ जोखिममा पारेको आरोप लगाएका छन् । शुक्रबार सामाजिक सञ्जाल फेसबुकमार्फत शाहीले बचतकर्ताको बिचल्ली र सुकुम्वासी बन्ने अवस्था आउँदासमेत दोषीहरूले उन्मुक्ति पाइरहेको बताउँदै शाहीले कांग्रेस र एमालेका सहकारी ठगहरूलाई कहिले कारागार हाल्ने भन्दै गृहमन्त्री रमेश लेखकलाई प्रश्न गरे । ‘गृहमन्त्रीज्यू, कांग्रेस र एमालेका सहकारी ठगहरूलाई कहिले कारागार हाल्नुहुन्छ ? तपाईंको नियतमाथि नै गम्भीर प्रश्न उठ्न थालेको छ।’
यस्तै शाहीले हालै पूर्व उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई रुपन्देहीस्थित कारागारमा राखिएको तस्बिरले नेपालको न्याय प्रणालीको गम्भीर र संरचनागत समस्यालाई पुनः उजागर गरेको लेखेका छन् । यसले आम नागरिकमा न्यायिक प्रक्रियाप्रतिको विश्वासमाथि प्रश्न चिह्न खडा गरेको उनको भनाइ छ ।
यो केवल रवि लामिछानेको व्यक्तिगत विषय मात्र नभई नेपालका धेरै कैदी बन्दीहरूले भोगिरहेको यथार्थ भएको भन्दै कारागारहरूमा क्षमताभन्दा बढी कैदी बन्दी राखिनु, आधारभूत मानवीय आवश्यकता र अधिकारको सुनिश्चितता नहुनु, तथा न्याय प्रक्रियामा ढिलासुस्ती हुनुजस्ता समस्याहरू वर्षौंदेखि विद्यमान रहेको बताएका छन्। यी समस्याहरूले कैदी बन्दीहरूको मानसिक र शारीरिक स्वास्थ्यमा नकारात्मक असर पार्नुका साथै उनीहरूको मानवअधिकारको हनन शाहीको भनाइ छ ।
‘हाम्रो संविधानले हरेक नागरिकलाई निष्पक्ष न्याय र मानवीय व्यवहारको प्रत्याभूति गरेको छ। तर, कारागारको वर्तमान अवस्था र न्यायिक प्रक्रियाको सुस्तताले यी संवैधानिक प्रावधानहरूको उपहास गरिरहेको छ। यस सन्दर्भमा, हामी सम्बन्धित सबै निकायको ध्यानाकर्षण गराउन चाहन्छौँ’, उनले लेखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालको जलवायु उत्थानशीलता र कृषिको दिगो विकासमा बेलायतको सहयोग जारी रहने प्रतिबद्धता
-
ग्लोबल आइएमई बैंक र भाटभटेनी सुपरमार्केटबिच सहकार्य
-
युक्रेन–रुसबिच फेरि आक्रमण
-
कृषिमा लगानी गर्दैमा स्वतः ‘ग्रीन’ हुँदैन, नीतिगत स्पष्टता आवश्यक : कार्यकारी निर्देशक पौडेल
-
बजेटमा उद्योग वाणिज्य महासङ्घको असन्तुष्टि : ‘करको भार घटेन, नीतिगत अस्थिरताको त्रास
-
मधेसकै बलमा सरकार बनाउने तर अधिकार नदिने षड्यन्त्र हुँदै आएको छ : डा. सीके राउत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण