चीनलाई ललितपुर महानगरले राख्यो सार्क समूहमा, बढायो पर्यटन शुल्क
सारांश
- ललितपुर महानगरपालिकाले विदेशी पर्यटकका लागि प्रवेश शुल्क बढाएको छ, नयाँ आर्थिक ऐन, २०८२ अनुसार।
- साउन र भदौमा सार्क र बिमस्टेकका पर्यटकलाई २५० र अन्यलाई १ हजार शुल्क लाग्नेछ।
- असोज १ गतेबाट चीन, सार्क, बिमस्टेकका पर्यटकलाई ५०० र अन्यको शुल्क यथावत राखिएको छ।
काठमाडौँ । कला र संस्कृतिको सहर ललितपुर घुम्न आउने विदेशी पर्यटकहरूले अब पहिलेभन्दा बढी प्रवेश शुल्क तिर्नुपर्ने भएको छ ।
ललितपुर महानगरपालिकाले नयाँ आर्थिक ऐन, २०८२ मार्फत पर्यटन शुल्कमा वृद्धि गरेको हो । ललितपुर महानगरपालिका आर्थिक ऐन, २०८२ को दफा १४ तथा अनुसूची–१२ मा पर्यटन शुल्कसम्बन्धी नयाँ व्यवस्था गरिएको हो ।
ऐनअनुसार नयाँ शुल्क दर आउँदो असोज १ गतेदेखि पूर्ण रूपमा लागू हुने छ । तर, त्यसअघिका दुई महिना अर्थात् साउन १ गतेदेखि भदौ मसान्तसम्म पुरानै र नयाँकोबिचको शुल्क दर कायम गरिएको छ ।
पहिलो चरणमा साउन १ गतेदेखि भदौ मसान्तसम्म सार्क र बिमस्टेक राष्ट्रका पर्यटक प्रति व्यक्ति २५० रुपैयाँ, अन्य राष्ट्रका पर्यटकलाई प्रति व्यक्ति एक हजार लाग्ने छ ।
यस्तै दोस्रो चरण असोज १ गतेदेखि चीन, सार्क र बिमस्टेक राष्ट्रका पर्यटक प्रति व्यक्ति ५ सय रुपैयाँ र अन्य राष्ट्रका पर्यटकको शुल्क यथावत राखेको छ ।
नयाँ व्यवस्थामा चीनलाई सार्क तथा बिमस्टेक राष्ट्रको समूहमा राखेको छ । जसको शुल्क २५० बाट बढाएर ५०० पुर्याइएको छ, जुन शतप्रतिशत वृद्धि हो । अन्य मुलुकका पर्यटकका लागि भने शुल्क यथावत राखिएको छ ।
विदेशी पर्यटकका लागि शुल्क बढाइए पनि नेपाली नागरिकका लागि भने कुनै परिवर्तन गरिएको छैन । पाटन सङ्ग्रहालय प्रवेश गर्दा नेपाली नागरिकले तिर्नुपर्ने शुल्क ३० नै कायम छ ।
साथै विद्यार्थी, ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिहरूका लागि १५ रुपैयाँको सहुलियत दर पनि यथावत रहेको महानगरले जनाएको छ ।
यो शुल्कबाट उठेको रकमको ७५ प्रतिशत महानगरपालिकाले प्राप्त गर्नेछ भने बाँकी २५ प्रतिशत रकम प्रचलित कानुनअनुसार बाँडफाँड हुने ऐनमा उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेचीनगरको दिसाजन्य लेदो प्रशोधन केन्द्र पूर्ण क्षमतामा चल्न सकेन
-
भारतीय चर्चित गायक सानले नेपालमा साङ्गीतिक प्रस्तुति दिने
-
'एक्का तीन'को मुख्य अभिनेत्रीमा कविता
-
किन आन्दोलित छन् भक्तपुर क्यान्सर अस्पतालका कर्मचारी ?
-
रियल म्याड्रिडका लागि जब एमबाप्पेले माइकल ओलिसेलाई फकाए
-
विद्युत् निर्यात ६८ प्रतिशतले बढ्दा आयात खर्चमा भारी कटौती, १८ अर्ब ७६ करोडभन्दा बढी खुद व्यापार बचत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण