संविधानको रक्षा अहिलेको मुख्य राजनीतिक मुद्दा : गृहमन्त्री लेखक
सारांश
- गृहमन्त्री रमेश लेखकले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था र समावेशी राज्यलाई अगाडि बढाउने कुरामा जोड दिए।
- उनले संविधानको रक्षा, संघीयता, लोकतन्त्र र गणतन्त्रलाई सुदृढ बनाउन सरकार दृढ रहेको बताए।
- नेपाली कांग्रेसको नेतृत्वमा बनेको संविधानले समावेशी राज्य निर्माण गर्ने काम गरेको उनको भनाइ छ।
काठमाडौँ । गृहमन्त्री रमेश लेखकले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था र समावेशी चरित्रको राज्यलाई थप उन्नत ढङ्गले अगाडि बढाउनु आजको राजनीतिक विषय भएको बताएका छन् ।
शुक्रबार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले सबैलाई राष्ट्रियताको भावनाले एक सूत्रमा आबद्ध गरेको भन्दै देशमा रहेका सबै धर्म, जातजाति, समुदाय, वर्ण, लिङ्ग भूगोललाई उचित ढङ्गले विभिन्न स्थानहरूमा प्रतिनिधित्व गराएर एउटा समावेशी चरित्रको राज्य निर्माण गर्ने काम अहिलेको संविधानले गरेको जिकिर गरे ।
अहिलेको संविधान नेपाली कांग्रेसको नेतृत्वमा बनेको हुनाले संविधानले समग्रमा सङ्घीय गणतन्त्रात्मक राज्य व्यवस्था र समावेशी चरित्रको राज्य निर्माण गर्ने काम भएको बताए ।
आजको मुख्य राजनीतिक मुद्दा भनेको यो संविधानको रक्षा भएको बताए । नेपाली काँग्रेस र नेपाली काँग्रेस समेत समावेश भएको सरकारले संविधानको रक्षा, सङ्घीयता, लोकतन्त्र, गणतन्त्र र समावेशी चरित्रको राज्य निर्माण गर्ने कुरालाई सुदृढ, रक्षा गर्ने र संविधानको कार्यान्वयन गर्ने कुरामा हामी दृढताका साथ अघि बढेको दाबी गरे ।
गृहमन्त्री लेखकले भने,‘हामी सबैलाई राष्ट्रियताको भावनाले एक सूत्रमा आबद्ध गरेको छ । देशमा रहेका सबै धर्म, जातजाति, समुदाय, वर्ण, लिङ्ग भूगोललाई उचित ढङ्गले विभिन्न स्थानहरूमा प्रतिनिधित्व गराएर एउटा समावेशी चरित्रको राज्य निर्माण गर्ने काम अहिलेको संविधानले गरेको छ । यो संविधान नेपाली काँग्रेसको नेतृत्वमा बनेको हुनाले संविधानले समग्रमा सङ्घीय गणतन्त्रात्मक राज्य व्यवस्था र समावेशी चरित्रको राज्य निर्माण गर्ने काम भएको छ । आजको मुख्य राजनीतिक मुद्दा भनेको यो संविधानको रक्षा गर्नु हो । सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था र समावेशी चरित्रको राज्यलाई थप उन्नत ढङ्गले अगाडि बढाउनुपर्ने, सुदृढ गर्नुपर्ने र कार्यान्वयन गर्नुपर्ने आजको मुख्य राजनीतिक विषय हो । नेपाली काँग्रेस र नेपाली काँग्रेस समेत समावेश भएको सरकारले यो संविधानको रक्षा, सङ्घीयता, लोकतन्त्र, गणतन्त्र र समावेशी चरित्रको राज्य निर्माण गर्ने कुरालाई सुदृढ, रक्षा गर्ने र संविधानको कार्यान्वयन गर्ने कुरामा हामी दृढताका साथ अघि बढेका छौँ ।’
गृहमन्त्री लेखकले वर्तमान सरकारले संविधानको रक्षाको विषयलाई दृढताका साथ अघि बढेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक वर्षमा एक हजार ८७६ मुद्दा दर्ता
-
लोकसेवा पदपूर्ति रोक्ने निर्णय फिर्ता लिन अनेरास्ववियू (क्रान्तिकारी) को माग, आन्दोलनको चेतावनी
-
कृषिप्रधान देशमै खाद्यान्नमा परनिर्भरः एकै वर्षमा भित्रियो झण्डै ६० अर्बको अन्न
-
भारतीय जेलमा रहेका नेपाली किसानको तत्काल रिहाइक गर्न कांग्रेसको माग
-
शंकरलाल अग्रवाललाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश
-
६७औँ अन्तर्राष्ट्रिय गणित ओलम्पियाडमा नेपाली टोलीको उत्कृष्ट नतिजा, ३ विद्यार्थीले दिलाए पदक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण