शुक्रबार, १२ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

चीनमा बाढीका कारण १० जनाको मृत्यु, ३३ जना बेपत्ता

शुक्रबार, २३ साउन २०८२, १७ : ४४
शुक्रबार, २३ साउन २०८२

सारांश

  • चीनको गान्सु प्रान्तमा आएको बाढीमा परी १० जनाको मृत्यु भएको छ भने ३३ जना बेपत्ता भएका छन्।
  • चिनियाँ राष्ट्रपति सी चिनफिङले बेपत्ताको उद्धारका लागि सक्दो प्रयास गर्न आदेश दिएका छन्।
  • जलवायु परिवर्तनका कारण चीनमा प्राकृतिक प्रकोपहरू बढिरहेका छन्।

बेइजिङ । उत्तरपश्चिम चीनको गान्सु प्रान्तमा आएको बाढीका कारण १० जनाको मृत्यु भएको छ भने ३३ जना बेपत्ता भएका छन् । ‘गान्सु क्षेत्रमा अगस्ट ७ देखि लगातार भारी वर्षा भइरहेको छ।

अचानक बाढी आएको छ । अगस्ट ८ का दिन अपराह्न ३ः३० बजेसम्ममा वर्षापछि आएको बाढी र डुबानका कारण १० जनाको मृत्यु भएको छ भने ३३ जना बेपत्ता भइरहेका छन्,’ सरकारी प्रसारक सीसीटीभीले अधिकारीलाई उद्धृत गरी जनाएको छ ।

चिनियाँ राष्ट्रपति सी चिनफिङले बेपत्ताको उद्धारका लागि ‘सक्दो प्रयास’ गर्न आदेश दिएको सीसीटीभीले जनाएको छ । ‘चरम मौसमको कारण बारम्बार दोहोरिने’ घटनाप्रति चासो व्यक्त गर्दै राष्ट्रपति सी चिनफिङले सबै क्षेत्रहरूमा दृढतापूर्वक सावधानी अपनाउन र जोखिम पहिचान गर्ने प्रयासलाई बलियो बनाउन आदेश दिएका छन् ।

वेइबोमा चिनियाँ अग्नि नियन्त्रक अधिकारीहरूले साझा गरेको फुटेजमा उद्धारकर्ताहरूले एउटा गाउँमा धमिलो पानीको बहावमा मानिसहरूलाई डोर्‍याइरहेको देखाइएको छ।

गान्सुको सरकारले पोस्ट गरेको फोटोहरूमा सडकहरू बाढीले थुपारेको हिलो माटो र ठूला ठुला ढुङ्गाहरूले ढाकिएको देखिन्छ।चीनमा विशेष गरी वर्षा याममा हुने प्राकृतिक प्रकोपहरूका कारण ठुलो धनजनको क्षति हुने गरेको छ । 

उत्तरी बेइजिङमा गत महिना भएको भारी वर्षाका कारण ४४ जनाको मृत्यु भएको थियो । चीन हरित गृह ग्याँसको विश्वको सबैभन्दा ठुलो उत्सर्जक हो जसले जलवायु परिवर्तनलाई बढवा दिन्छ र चरम मौसमलाई अधिक बारम्बार र तीव्र बनाउन योगदान पुर्‍याउँछ। चीन विश्वव्यापी नवीकरणीय ऊर्जाका लागि पनि ‘पावर हाउस’ मानिन्छ । 

चीनले आफ्नो विशाल अर्थव्यवस्थालाई सन् २०६० सम्ममा कार्बन–तटस्थ बनाउने लक्ष्य राखेको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप