राहदानी नवीकरणसम्बन्धी समस्या समाधानका लागि घुम्ती शिविर सञ्चालन गर्न आग्रह
सारांश
- एनआरएनए माल्टाले स्पेनस्थित नेपाली दूतावासलाई माल्टामा घुम्ती सेवा शिविर सञ्चालन गर्न आग्रह गरेको छ।
- माल्टामा रहेका नेपालीहरू राहदानी नवीकरण, कागजात प्रमाणीकरण जस्ता सेवाको अभावमा समस्यामा परेका छन्।
- एनआरएनएले सेप्टेम्बर २०२५ सम्ममा शिविर आयोजना गर्न अनुरोध गर्दै आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाएको छ।
काठमाडौँ। गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) माल्टाले स्पेनस्थित नेपाली दूतावासलाई माल्टामा घुम्ती सेवा शिविर सञ्चालन गर्न आग्रह गरेको छ। माल्टामा रहेका सयौँ नेपालीहरूले राहदानी नवीकरण, कागजात प्रमाणीकरण र अन्य कन्सुलर सेवाको अभावमा समस्या भोगिरहेको भन्दै सङ्घले दूतावासको ध्यानाकर्षण गराएको हो।
सङ्घका अध्यक्ष रेमलाल खनाल ‘रेम्स’ ले बिहीबार स्पेनका लागि नेपाली राजदूत शनिल नेपाललाई पत्राचार गरेका हुन्। पत्रमा आगामी सेप्टेम्बर २०२५ को अन्तिम सातासम्म माल्टामा घुम्ती शिविर आयोजना गर्नका लागि अनुरोध गरिएको छ।
सङ्घले विशेषगरी तीन प्रकारका समस्या झेलिरहेका नेपालीहरूका लागि यो सेवा अत्यावश्यक रहेको बताएको छ । जसमा राहदानीको म्याद सकिएर वैदेशिक रोजगार र आप्रवासनसम्बन्धी समस्यामा परेका नेपालीहरू, राहदानी हराएको वा क्षति भएका कारण काम गुमाउने वा अन्य वैधानिक संकटमा फसेका नेपालीहरू र कागजात प्रमाणीकरण गर्न नपाउँदा कानुनी तथा प्रशासनिक प्रक्रिया रोकिएका र दूतावाससम्म कागजात पुऱ्याउन नसक्ने नयाँ आप्रवासी नेपालीहरूलाई सेवा अत्यावश्यक रहेको खनालले बताए ।
एनआरएनए माल्टाले शिविरका लागि आवश्यक सम्पूर्ण व्यवस्थापकीय सहयोग गर्न तयार रहेको प्रतिबद्धता पनि पत्रमा जनाएको छ। साथै, सङ्घले सेवाग्राहीबाट कुनै पनि अतिरिक्त दस्तुर नलिई निःशुल्क सेवा प्रदान गर्ने विश्वाससमेत दिलाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेचीनगरको दिसाजन्य लेदो प्रशोधन केन्द्र पूर्ण क्षमतामा चल्न सकेन
-
भारतीय चर्चित गायक सानले नेपालमा साङ्गीतिक प्रस्तुति दिने
-
'एक्का तीन'को मुख्य अभिनेत्रीमा कविता
-
किन आन्दोलित छन् भक्तपुर क्यान्सर अस्पतालका कर्मचारी ?
-
रियल म्याड्रिडका लागि जब एमबाप्पेले माइकल ओलिसेलाई फकाए
-
विद्युत् निर्यात ६८ प्रतिशतले बढ्दा आयात खर्चमा भारी कटौती, १८ अर्ब ७६ करोडभन्दा बढी खुद व्यापार बचत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण