मोर्चाको जनजागरण अभियान आइतबार कैलालीमा हुने
शनिबार, २४ साउन २०८२, ०९ : २२
सारांश
- सङ्घीय लोकतान्त्रिक मोर्चाले कैलालीमा जनजागरण अभियान गर्दैछ।
- मोर्चाले समसामयिक राजनीतिक अवस्थाबारे प्रकाश पार्ने उद्देश्य लिएको छ।
- कैलाली कार्यक्रमको समन्वय नागरिक उन्मुक्ति पार्टीले गर्नेछ।
काठमाडौँ । सङ्घीय लोकतान्त्रिक मोर्चाको वर्तमान राजनीतिक अवस्थाबारे जनजागरण अभियान आइतबार कैलालीमा हुन लागेको छ ।
तराई मधेशकेन्द्रित ७ दलीय मोर्चाले देशका विभिन्न ८ स्थानमा गर्ने भनी निर्धारण गरेको जनजागरण अभियान आइतबार कैलालीमा गर्न लागेको जनता समाजवादी पार्टी (जसपा) नेपालका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिएका छन् ।
मोर्चाको जनजागरण अभियानले समसामयिक राजनीतिक अवस्था, मोर्चा गठनको आवश्यकता र औचित्यबारे प्रकाश पार्ने उद्देश्य लिएको छ ।
कैलालीको कार्यक्रमको समन्वयको जिम्मेवारी नागरिक उन्मुक्ति पार्टीले लिएको छ । मोर्चाको आगामी कार्यक्रम भदौ १६ गते विराटनगरमा जसपा नेपालको समन्वयमा हुने तय भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अभिनेत्री दीपाश्री निरौला डिस्चार्ज
-
प्रधान न्यायाधीश शर्मा भारत प्रस्थान
-
वैदेशिक व्यापारमा नयाँ रेकर्ड, तर व्यापार घाटा झण्डै १८ खर्ब
-
राजेश हमालकाे प्रश्न : देशको शासन प्रणाली ‘हिट एन्ड मिस’ को भरमा सञ्चालन गर्नु कत्तिको बुद्धिमानी हो ?
-
चालु आव ‘कानुन निर्माण तथा सुधार वर्ष’ घोषणा, उच्चस्तरीय समिति गठन
-
नेदरल्यान्ड्सविरुद्ध नेपाल १५७ रनमै अलआउट, फेरि धर्मरायो ब्याटिङ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण