देशभर ९ सडक पूर्ण अवरुद्ध, १३५ स्थानमा एकतर्फी सञ्चालन
सारांश
- अविरल वर्षापछि आएको बाढी र पहिरोका कारण देशका ९ वटा सडक पूर्ण रूपमा अवरुद्ध भएका छन्।
- कोशी, तमोर, भेरी करिडोर लगायतका मुख्य सडकहरूमा बाढीपहिरोले क्षति पुर्याएको छ, जसले गर्दा यातायात ठप्प भएको छ।
- विभिन्न स्थानमा पहिरो पन्छाउने र डाइभर्सन बनाउने प्रयासहरू वर्षाका कारण अवरुद्ध भएका छन्।
काठमाडौँ । अविरल वर्षापछिको बाढी र पहिरोका कारण देशका ९ वटा सडक पूर्ण रूपमा अवरुद्ध भएका छन् भने १३५ स्थानमा एकतर्फी मात्र सञ्चालनमा छन् ।
सडक विभागका अनुसार कोशी, तमोर र भेरी करिडोरका साथै अरनिको र सिद्धार्थ राजमार्गजस्ता मुख्य सडकहरू बाढी–पहिरोले क्षतविक्षत् हुँदा यातायात ठप्प भएको छ । विभिन्न स्थानमा पहिरो पन्छाउने र डाइभर्सन निर्माण गर्ने प्रयास भए पनि निरन्तरको वर्षाले अवरोध पुऱ्याइरहेको विभागले जनाएको छ ।
स्याफ्रुबेसी–रसुवागढी सडकअन्तर्गत रसुवागढी, टिमुरे, तातोपानी, कुलुङभन्ने स्थानमा सडक अवरुद्ध भएको छ । साउन १४ गते चीन तर्फबाट पुनः आएको बाढीले अवरुद्ध यो सडक नदीले कटान गरेको छ । एक्स्काभेटर तथा लोडर प्रयोग गरी अवरुद्ध सडक खन्ने प्रयास भइरहेको छ ।
कोशी करिडोरअन्तर्गत संखुवासभाको बरुण तुम्लिङ्टार–खाँदबारी–नुम किमाथांका सडकमा पर्ने बरुण नदीमा आएको बाढीले डाइभर्सन बगाउँदा अवरुद्ध भएको छ । यस स्थानमा पुल निर्माणमा ढलानको कार्य बाँकी रहेकाले पुनः डाइभर्सन राख्नुपर्ने हुन्छ, तर पानीको बहाब बढेका कारण डाइभर्सन निर्माण गर्न नसकिएको जनाइएको छ ।
तमोर करिडोरअन्तर्गत ताप्लेजुङको मुलाघाट दोभान ओलाङ्चुङगोला सडक पूर्ण रुपमा अवरुद्ध छ । रेमिट हाइड्रोबाट पुनः बेलिब्रिज निर्माणका लागि पहल भएको छ । करिब पाँच वर्षअघि उक्त हाइड्रोले निर्माण गरेको रानीपुल बेलिब्रिज साउन ६ गते बाढीले बगाएको थियो ।
यस्तै सिन्धुपाल्चोकको कोदारीमा पहिरो जाँदा अरनिको राजमार्ग पूर्ण रुपमा अवरुद्ध छ ।
पश्चिम रुकुममा चोखा खोला चटारगाडमा लेदोसहितको पहिरो आउँदा भेरी करिडोरको जाजरकोट–तिन्जे मरिम खण्ड पूर्ण रुपमा अवरुद्ध बनेको छ । यहाँ जेसीबी र एक्स्काभेटर परिचालन गरिएको छ ।
भेरी करिडोरअन्तर्गतकै डोल्पाको कापरगाड खोलामा आएको बाढलिे बेली पुलमा लगाइएको ग्याबिन जाली बगाएको कारण तिन्जे–मरिम खण्ड पूर्ण रुपमा अवरुद्ध छ । पुल नै जोखिममा रहेको जनाएको छ । साथै जालि हालेर मर्मत गर्ने कार्य भइरहेको छ ।
सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पाको बेलहिया–भैरहवा–बुटवल–राम्दी सडकअन्तर्गत बुटवल चिडिया खोलादेखि पाल्पा दोभानसम्म पहिरो जाँदा सडक पूर्ण अवरुद्ध छ। रोल्पाको पुतलाचौर/ग्राम्जिमा पहिरो जाँदा सहिदमार्गअन्तर्गत कोइलाबास –लमही–घोराही–घर्तीगाउँ–लुकुम सडक पूर्ण अवरुद्ध छ ।
निरन्तर पानी परिरहेका कारण पहिरो पन्छाउने कार्य सुरु गर्न नसकेको विभागले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खिम्ती जलविद्युत् केन्द्रको स्वामित्व हस्तान्तरणका लागि प्राधिकरणद्वारा वार्ता समिति पुनर्गठन
-
विधि विज्ञान प्रयोगशाला विधेयकबारे आगामी बैठकमा विज्ञहरूसँग छलफल गर्ने संसदीय समितिको निर्णय
-
क्यान्सरका बिरामीलाई थप पीडा : किमोथेरापीमा प्रयोग हुने औषधि पाउनै सकस
-
भारतीय विदेशमन्त्री जयशङ्करको निमन्त्रणामा परराष्ट्रमन्त्री खनाल भोलि भारत जाने
-
सन् २०२२ को जादु दोहोर्याउने लक्ष्यमा मोरक्को
-
एमालेको १० बुँदे संकल्प : एक संगठित सदस्य बराबर ३ जना नयाँ सदस्य (प्रस्तावसहित)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण