उदयपुरमा स्कुटर दुर्घटनामा एकजनाको मृत्यु
शनिबार, २४ साउन २०८२, १७ : ५०
सारांश
- उदयपुरमा स्कुटर दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ।
- दुर्घटनामा घाइते भएकी महिलालाई उपचारका लागि अस्पताल लगिएको थियो, जहाँ उनको मृत्यु भयो।
- प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको छ।
उदयपुरमा स्कुटर दुर्घटनामा परी एक महिलाको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार शुक्रबार दिउँसो करिब २ः२५ बजे त्रियुगा नगरपालिका–६ कुमारीचोकमा भएको दुर्घटनामा सिराहा सुखीपुर नगरपालिका–८ की ५८ वर्षीया गंगिया देवी साह सुडीको उपचारको क्रममा मृत्यु भएको हो।
उनकी पति ६८ वर्षीय जगरनाथ साह सुडीले चलाएको स ५ प ७० नम्बरको स्कुटरमा पछाडि सवार गंगिया देवी अचानक खसेकी थिइन्। दुर्घटनामा शरीरका विभिन्न भागमा चोटपटक लागेकी उनलाई जिल्ला अस्पताल उदयपुरमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि विराटनगरस्थित विराट टिचिङ अस्पताल लगिएको थियो। तर, उपचारको क्रममा साँझ ४ः५७ बजे चिकित्सकले मृत घोषणा गरेका थिए।
प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सर्वोच्चको परमादेशः काठमाडौँको फोहोर व्यवस्थापनमा गर्न मुख्यसचिवको नेतृत्वमा समिति गठन गर्नू
-
नेप्सेमा १४.१७ अंकको वृद्धि, ४ अर्ब ६९ करोडको कारोबार
-
रिहापछि पहिलोपटक सार्वजनिक कार्यक्रममा देखिए विष्णु पौडेल
-
धनगढीबाट डा. गोविन्द केसीले थाले अनसन
-
आस्थालाई अभ्यासमा बदल्न नसक्दा कांग्रेस पछि पर्याे, राजनीतिमा कोही पनि निर्विकल्प छैन : प्राध्यापक खनाल
-
संविधान बचाउन कठिन छ : वरिष्ठ अधिवक्ता भट्टराई
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण