जापानीज सनप्ले नेचुरलका सनस्क्रिन नेपाली बजारमा, उच्च तापक्रममा उपयोगी
काठमाडौं । स्वास्थ्य र छालाको हेरविचार गर्ने जापानी कम्पनी रह्टो मेन्थोलातमले सनप्ले नेचुरलका सनस्क्रिन नेपाली बजारमा सार्वजनिक गरेको छ । ४ वर्षदेखि नेपाली बजारमा आफ्नो उपस्थिति जनाएको रह्टो एक औषधि निर्माण कम्पनी हो । सनप्ले नेचुरल सनस्क्रिन क्रिम हो ।
यसले घामका विकिरणवाट जोगाउनका साथै उच्च तापक्रममा पनि काम गर्ने कम्पनीले बताएको छ । त्वचा विशेषज्ञबाट परिक्षण भएको यो सनस्क्रिन प्राकृतिक भएको कम्पनीको दावी छ । जापान प्राकृतिक निकासी, थानाका निकासी, साकुरा निकासी र सेनटेला देरिवेटिभ दैनिक छाला गोरो र पोषणका लागि उपयुक्त भएको कम्पनीले बताएको छ ।
यूभी प्रोटेक्सनका साथै छालाको रंग र रातोपना हटाउन पनि यो सनप्लेको सनस्क्रिन एसपीएफ ५० प्लस सहयोगी मानिएको छ । रह्टोले आफ्नो प्रोडक्टको स्तरोन्नती गरी त्वचाको दैनिक हेरचाह गर्ने विशेष सुत्र एसपीएफ ५० प्लस र पीए प्लस प्लस प्लस प्लस लाई यसमा समावेश गरेको छ ।
एसपीएफ ५० प्लसले घामबाट छालालाई सुरक्षित राख्ने हुँदा नेपाली माझ यो लोकप्रिय हुने विश्वास कम्पनीको छ । यसले ९८.३३ प्रतिशत घामको हानिकारक यूभीबी विकिरणबाट बचाउँने कम्पनीले बताएको छ ।
रह्टो मेन्थोलातमको मुख्यालय युकुनो कु ओशाका जापानको साथ साथै उत्तरी अमेरिका, युरोप र एसियामा पनि छ । यसको नेपाली बजारमा पनि उल्लेख्य उपस्थिति रहेको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इन्स्पेक्टरको लिखित परीक्षामा ५१ जना उत्तीर्ण (सूचीसहित)
-
युवती मृत फेला, माइती पक्षद्वारा निष्पक्ष छानबिनको माग
-
सिड्नीमा रामकृष्ण ढकालको सांगीतिक प्रस्तुतिसँगै ‘मालती मंगले’को रेडकार्पेट प्रिमियर
-
दुर्व्यवहारको विरोधमा चिकित्सक आन्दोलित, बिरामीलाई मर्का (भिडिओ)
-
स्थायी बसोबास अनुमतिका लागि कडा मापदण्ड लागू गर्दै जापान
-
सरकारबाट कांग्रेस बाहिरिएपछि मुख्यमन्त्री आचार्यले सम्हाले पाँच मन्त्रालय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण