घाँस काटेर फर्किँदै गर्दा खोलामा डुबेर किशोरीको मृत्यु
सर्लाही । सर्लाहीको बलरा नगरपालिकामा खोलामा डुबेर एक किशोरीको ज्यान गएको छ । बलरा नगरपालिका–६ मिर्जापुर बस्ने बिकाउ बैठाकी १६ वर्षीया छोरी रंगिला कुमारी बैठाको शनिबार अपराह्न खोलामा डुबेर मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार रंगिला घाँस काटेर घर फर्किँदै थिइन् । घर फर्कने क्रममा करिब ४:४५ बजे स्थानीय पुरानो मनुसमारा खोला तर्दा उनको खुट्टा चिप्लिएको थियो । लडेपछि उनको टाउको जलकुम्भीमा फस्दा डुबेर घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटनाबारे साँझ साढे पाँच बजे जानकारी पाएलगत्तै प्रहरी चौकी अर्नाहाबाट प्रहरी टोली घटनास्थलमा पुगेको थियो । टोलीले घटनास्थललाई सुरक्षित राखेपछि इलाका प्रहरी कार्यालय, गडहियाबाट गएको टोलीले घटनास्थलको मुचुल्का उठाउनुका साथै प्रारम्भिक अनुसन्धान गरेको थियो ।
अनुसन्धानपश्चात् शवलाई पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवामा ल्याएर राखिएको छ । घटनास्थल प्रहरी चौकी अर्नाहाबाट करिब ३ किलोमिटर उत्तरतर्फ पर्छ । प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसले विधानमा युवालाई विशेष प्राथमिकतामा राखेको छ: महामन्त्री पौडेल
-
फिफाद्वारा फोलारिन बालोगनको प्रतिबन्ध निलम्बित, बेल्जियमविरुद्धको खेल खेल्न पाउने
-
दिलजीत दोसांझको फिल्म ‘सतलुज’ रिलिज भएको ४८ घण्टामै भारतमा ओटिटी प्लेटफर्मबाट हटाइयो
-
धार्मिक पर्यटन विकासका लागि ‘देवभूमि सर्किट’ : मन्त्री पौडेल
-
महिला टी–ट्वान्टी विश्वकप फाइनल: इंग्ल्यान्डले अस्ट्रेलियालाई दियो १५१ रनको लक्ष्य
-
उत्तर कोरियाद्वारा नयाँ हतियार ‘काङ कोन’ परीक्षण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण