शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

एनपीएल अक्सनः पहिलो चरणमा २६ खेलाडी अनुबन्ध

आइतबार, २५ साउन २०८२, ०० : २०
आइतबार, २५ साउन २०८२

सारांश

  • नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणका लागि खेलाडी अक्सन सम्पन्न भयो, जसमा २६ खेलाडी अनुबन्धित भए।
  • देव खनाल, अर्जुन साउद, आदिल आलम र पवन सर्राफ सर्वाधिक १५ लाख रुपैयाँमा अनुबन्धित भए।
  • काठमाडौं गोर्खाजले ५ खेलाडी अनुबन्ध गर्यो, अन्य टोलीले भने अक्सनको पहिलो चरणमा सबै खेलाडी लिन सकेनन्।

काठमाडौँ ।  नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणका लागि भएको अक्सनको  पहिलो चरणमा २६ खेलाडी अनुबन्ध भएका छन् । शनिबार भएको पहिलो चरणको अक्सनबाट एनपीएलमा सहभागी हुने ८ टोलीले उनीहरूलाई अनुबन्ध गरेको हो । 

दोस्रो संस्करणका लागि सबैभन्दा बढी मूल्यमा देव खनाल, अर्जुन साउद, आदिल आलम र पवन सर्राफलाई खरिद गरिएको छ । उनीहरुले जनही रु १५ लाख प्राप्त गर्नेछन् । देव र अर्जुनले चितवन राइनोजबाट, आदिलले काठमाण्डू गोर्खाजबाट र पवनले कर्णाली याक्सबाट खेल्ने तय भएको छ । 

यसैगरी दिलीप नाथ र शेर मल्ललाई लुम्बिनी लायन्सले, हेमन्त धामीलाई सूदुरपश्चिम रोयल्सले, सूर्य तामाङलाई विराटनगर किङ्ग्सले, सन्तोष यादवलाई काठमाण्डू गोर्खाजले र युवराज खत्रीलाई कर्णाली याक्सले जनही रु १० लाखमा अनुबन्ध गरेको छ । 

यस्तै मयन यादवलाई जनकपुर वोल्टस्ले रु ७ लाख ५० हजारमा तथा आकाश त्रिपाठीलाई काठमाण्डू गोर्खाजले रु ७ लाखमा अनुबन्ध गरेको छ । यसैगरी नारायण जोशी र साहिल पटेललाई विराटनगर किङ्ग्सले, अर्जुन कुमाललाई पोखरा एभेन्जर्सले, विशाल पटेललाई लुम्बिनी लायन्सले तथा आदित्य महतालाई जनकपुर बोल्टसले जनही रु ५ लाखमा अनुबन्ध गरेको छ । काठामण्डु गोर्खाजले उत्तम थापा मगरलाई रु ३ लाखमा अनुबन्ध गरेको छ ।  

यसैगरी टेकबहादुर रावत र दीपेन्द्र थापालाई सुदूरपश्चिम रोयल्सले,  

अभिषेख तिवारी र कृष्ण पौडेललाई पोखरा एभेन्जर्सले, सचिन भट्टलाई जनकपुर बोल्टसले, तुलबहादुर थापालाई काठमाण्डू गोर्खाजले तथा इमरान शेख र दीपक डुम्रेलाई कर्णाली याक्सले जनही रु दुई लाखमा अनुबन्ध गरेको छ । 

काठमाण्डू गोर्खाजले आफ्नो कोटा अनुसार ५ खेलाडी अनुबन्ध गरेको छ । अन्य टोलीले अक्सनको पहिलो चरणबाट सबै खेलाडी भित्र्याउन सकेनन् । यसअघि अनसोल्ड भएका बाँकी खेलाडीलाई काठमाण्डू गोर्खाज बाहेकका टोलीले न्यूनतम मूल्यमा अनुबन्ध गर्न पाउनेछन् । एनपिएलको आजको मिनी अक्सनमा १५० खेलाडीले भाग लिएका थिए । दर्ता भएका ४५८ खेलाडीबाट १५० जनालाई मिनी अक्सनका लागि छनोट गरिएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप