शुक्रबार, १२ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
बाढी पूर्वानुमान

आइतबार यी क्षेत्रमा आकस्मिक बाढीको सम्भावना

आइतबार, २५ साउन २०८२, ०९ : ०५
आइतबार, २५ साउन २०८२

सारांश

  • मनसुनको न्यून चापीय रेखा औसत स्थानमा रहेकाले देशभर सामान्य बदली रहेको छ।
  • कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मध्यम वर्षा भइरहेको छ।
  • बाढी पूर्वानुमान महाशाखाका अनुसार नदीहरूको बहाव सतर्कता तहभन्दा तल छ, तर केही जिल्लाहरूमा बाढीको मध्यम जोखिम छ।

काठमाडौँ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित छ। यसले गर्दा देशभर साधरणतया बदली रहेको छ। 

कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरू तथा मधेस प्रदेश लगायत र कर्णाली प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मध्यम वर्षा भइरहेको छ।

आज बिहानको मापन अनुसार कोशी, नारायणी, बागमती, कर्णाली, महाकाली, कन्काई, कमला, पूर्वी राप्ती, पश्चिम राप्ती र बबई नदीहरू को बहाव

सतर्कता तह भन्दा तल रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

आइतबार पाँचथर, झापा, इलाम, लमजुङ र आसपासका जिल्ला भई बहने स-साना नदीहरूको बहाव उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिमको उच्च सम्भावना रहने पूर्वानुमान छ । साथै ताप्लेजुङ, तेह्रथुम, धनकुटा, पाँचथर, सङ्खुवासभा, भोजपुर, ओखलढुङ्गा, सोलुखुम्बु, दोलखा, सिन्धुपाल्चोक, काभ्रेपलान्चोक, काठमाडौँ, ललितपुर, भक्तपुर, धादिङ, नुवाकोट, रसुवा, रोल्पा, अछाम, बझाङ, डडेलधुरा, डोटी र आसपासका जिल्ला भई बहने स-साना नदीहरूको बहाव उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिमको मध्यम सम्भावना रहने पूर्वानुमान छ।

529231178_122188352396355476_8525240261133049113_n531194063_122188352414355476_5207333553328465536_n

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप