फोनपे बन्यो नेपालकै पहिलो पीसीआई डीएसएस भुक्तानी प्रणाली सञ्चालक
काठमाडौँ । नेपालकै अग्रणी भुक्तानी प्रणाली सञ्चालक फोनपेले विश्वप्रसिद्ध भुक्तानी सुरक्षासम्बन्धी मापदण्ड पूरा गरेको छ । कम्पनीले Payment Card Industry Data Security Standard (PCI DSS) को v4.0.1 Level 1 Certification प्राप्त गरेको हो ।
PCI DSS Level 1 भुक्तानी कार्ड डाटा सुरक्षाको सर्वोच्च स्तरको अन्तर्राष्ट्रिय मान्यता हो, जसको पालना गर्नका लागि गम्भीर प्राविधिक संरचना, नीतिहरू र निगरानी प्रणाली आवश्यक हुने बताइएको छ । यो प्रमाणपत्र प्राप्त गर्नुले कार्डधारकको डाटा सुरक्षित राख्न र सुरक्षा पूर्वाधार बलियो बनाउन गरेको लगानी र प्रतिबद्धतालाई दर्शाउने कम्पनीको भनाइ छ ।
'सुरक्षा कुनै एकपटक हासिल हुने लक्ष्य होइन, यो निरन्तर गरिने प्रयास हो,' फोनपेका मुख्य सञ्चालन अधिकृत पारश कुँवरले भने, 'PCI DSS Level 1 प्रमाणपत्र प्राप्त गर्नु भनेको डाटा सुरक्षालाई प्राथमिकतामा राख्दै बलियो पेमेन्ट इकोसिस्टम निर्माण गर्न हाम्रो संयुक्त प्रयासको मान्यता हो । यस प्रमाणपत्रले फोनपे पेमेन्ट नेटवर्कमाथि रहेका हाम्रा साझेदार बैंक तथा वित्तीय संस्था, इवालेटहरू तथा सम्पूर्ण ग्राहक वर्गको डाटा सुरक्षामाथिको विश्वासनीयता थप सुदृढ गर्न मद्दत गर्नेछ। '
यो प्रमाणपत्र एक स्वतन्त्र र विस्तृत मूल्याङ्कनपछि प्रदान गरिएको कम्पनीको भनाइ छ ।
मूल्याङ्कनमा डेटा सुरक्षा, सुरक्षित नेटवर्क संरचना, पहुँच नियन्त्रण, जोखिम व्यवस्थापन, र निरन्तर निगरानीलगायत १२ प्रमुख सुरक्षा क्षेत्रहरू समेटिएका थिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सामाजिक सुरक्षा कोषलाई श्रम मन्त्रालयअन्तर्गत ल्याउनुपर्ने जेटियुसीसीको माग
-
परीक्षामा बरामद गरिएका ४९६ थान मोबाइल नष्ट, के भन्छ सिरहा प्रहरी ?
-
इजरायली हवाई आक्रमणमा ४ जनाको मृत्यु, लेबनान युद्धविराम सम्झौता सङ्कटमा
-
सुधन गुरुङको १७ पेजको बयानसहित समितिले बुझायो ४५ पेजको प्रतिवेदन
-
मुलुकलाई राजनीतिक निकास दिनु नै तत्कालीन सरकारको मुख्य प्राथमिकता थियो : पूर्वमन्त्री सिन्हा
-
रिपब्लिकन सांसदले नै तोडे ट्रम्पको लाइन : युक्रेन सहायता र रुसमाथि प्रतिबन्धको विधेयक पारित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण