शुक्रबार, ०८ साउन २०८३
ताजा लोकप्रिय

२८ हजार ८२४ मेट्रिक टन मल मौज्दात

आइतबार, २५ साउन २०८२, २० : २३
आइतबार, २५ साउन २०८२

सारांश

  • सरकारले यस वर्ष खेतीपातीको समयमा रासायनिक मलको अभाव हुन नदिने बताएको छ।
  • कृषि मन्त्रालयका अनुसार हाल २८ हजार ८२४ मेट्रिक टन मल मौज्दात छ भने थप मल आउने क्रम जारी छ ।
  • प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जाल फेसबुकमार्फत मलको मौज्दातबारे जानकारी दिएका हुन्।

काठमाडौँ । सरकारले यस वर्ष खेतीपातीको समयमा रासायनिक मलको अभाव नहोस् भन्ने उद्देश्यले विशेष ध्यान दिएको बताएको छ । 

कृषि मन्त्रालयले दिएको जानकारी अनुसार तत्कालका लागि २८ हजार ८२४ मेट्रिक टन मल मौज्दात छ भने १ लाख ४० हजार ५०४ मेट्रिक टन मल आउने क्रममा छ। प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार साँझ सामाजिक सञ्जाल फेसबुकमा यसबारेमा जानकारी दिएका हुन् । 

कृषि सामग्री कम्पनीमा २९ हजार १११ मेट्रिक टन मल मौज्दात छ । जसमा युरिया १६ हजार ५३९ मेट्रिक टन मौज्दात रहेको छ । त्यस्तै डिएपी ७ हजार६ सय ५३ मेट्रिक टन मौज्दात छ । पोटास ४ हजार ९ सय १५ मेट्रिक टन मौज्दात रहेको छ । 

यस्तै साल्ट ट्रेडिङ कम्पनीमा १३ हजार ७१२ मेट्रिक टन मल मौज्दात रहेको छ ।  जसअन्तर्गत १० हजार ९८४ मेट्रिक टन युरिया मौज्दात रहेको छ । डिएपी ९४२ मेट्रिक टन मौज्दात रहँदा पोटास १ हजार ७८५ मेट्रिक टन मौज्दात रहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप