सुडानको एल–फाशेरमा कुपोषणका कारण एक सातामा ६३ जनाको मृत्यु
सारांश
- सुडानको एल-फाशेर सहरमा कुपोषणका कारण एक सातामा ६३ जनाको मृत्यु भएको छ, जसमा अधिकांश महिला र बालबालिका छन्।
- आरएसएफ घेराबन्दीका कारण खाद्यान्न अभाव हुँदा सामूहिक भान्सा बन्द भएका छन् भने बालबालिका कुपोषणबाट ग्रस्त छन्।
- वर्षायामले राहत सामग्री पुर्याउन कठिनाइ भएको छ र तीन वर्षदेखिको युद्धले ठूलो विस्थापन र भोकमरी निम्त्याएको छ।
पोर्ट सुडान । सुडानको घेराबन्दीमा परेको एल–फाशेर नामक सहरमा कुपोषणका कारण केवल एक साताभित्र ६३ जनाको ज्यान गएको छ । तीमध्ये अधिकांश महिला र बालबालिका रहेको एक स्वास्थ्य अधिकारीले आइतबार जानकारी दिएका छन् ।
आधिकारिक विवरणअनुसार, यो सङ्ख्या केवल अस्पतालसम्म पुर्याइएका बिरामीहरू मात्र हो । कमजोर सुरक्षाका कारण र सवारीसाधन नहुँदा थुप्रै परिवारले आफ्ना मृत आफन्तलाई उपचार नदिई गाडेका छन् ।
गत वर्षको जेठदेखि एल–फाशेर अर्धसैनिक समूह द्रुत सहायता बल (आरएसएफ) को घेराबन्दीमा परेको छ । सो समूह सुडानको नियमित सेनासँग विसं २०८० को वैशाखदेखि युद्धरत छ । एल–फाशेर डारफुर क्षेत्रको सेनाको नियन्त्रणमा रहेको अन्तिम ठुला सहरहरूमध्ये एक हो । राजधानीबाट फिर्ता भएपछि सो समूहले हालै फेरि आक्रमण बढाएको छ ।
गत चैतमा नजिकैको जमजम विस्थापित शिविरमा भएको ठुलो आक्रमणपछि दशौँ हजार व्यक्ति पुनः विस्थापित भएर एल–फाशेरमै शरण लिन बाध्य भएका छन् ।
एक समय जीवन रक्षक मानिएका सामूहिक भान्सा घरहरू खाद्यान्न अभावका कारण बन्द भइसकेका छन् । केही परिवार पशु चौँरीलाई दिने घाँस वा फालिएका खानेकुरा खाएर गुजारा गरिरहेका छन् भन्ने खबर आएको छ ।
संयुक्त राष्ट्रसङ्घका अनुसार, एल–फाशेरमा पाँच वर्षभन्दा मुनिका करिब ४० प्रतिशत बालबालिका तीव्र कुपोषणबाट ग्रस्त छन्, जसमध्ये ११ प्रतिशत गम्भीर कुपोषणको सिकार छन् ।
साउनमा वर्षा याम चरममा पुग्ने भएकाले सहरसम्म पुग्न झनै कठिन भएको छ । बाटाहरू बिग्रिएका कारण राहत सामग्री पुर्याउन असम्भवजस्तै बनेको छ ।
तीन वर्षदेखि जारी युद्धले दशौँ हजारको मृत्यु गराइसकेको छ, लाखौँ विस्थापित भएका छन् र संयुक्त राष्ट्रसङ्घका अनुसार यो हाल विश्वकै सबैभन्दा ठुलो विस्थापन र भोकमरीको सङ्कट बनेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कुल आय ३० अर्ब ३८ करोड नाघ्यो, आन्तरिक राजस्वको योगदान ४ अर्ब ७० करोडभन्दा बढी
-
प्रहरीमा प्राविधिक तर्फका दामोदर कँडेल एसएसपीमा बढुवा सिफारिस
-
कांग्रेसलाई लोकतन्त्रका लागि लड्ने क्षमता मिलोस् : केपी ओली
-
अभियन्ता वेदिका केसी पक्राउ
-
विद्युत् नियमन आयोगको अध्यक्षमा पुनः डा.धिताल नियुक्त
-
कसैले आलोचना गर्दैमा ढुङ्गा हानेर गन्तव्यमा पुग्न सकिँदैन : विश्वप्रकाश शर्मा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण