मनाङमा सार्वजनिक यातायातको भाडादर घटाइयो
सारांश
- मनाङको बेसीसहर-चामे-खाङसार सडकमा चल्ने सार्वजनिक यातायातको भाडादर घटाइएको छ।
- जिल्ला दररेट र सडकको अवस्था हेरेर भाडा समायोजन गर्ने निर्णय भएको छ।
- नयाँ भाडादर आगामी भदौ १ गतेबाट लागू हुनेछ।
मनाङ । मनाङको बेसीसहर–चामे–खाङसार सडकमा सञ्चालित सार्वजनिक यातायातका साधनको भाडादर घटाइएको छ । साबिकको तुलनामा आधा भाडादर घटाइएको हो ।
सार्वजनिक यातायात आचारसंहिता, २०६७ को परिपालना गर्नेसम्बन्धी निर्णयको पालनका सम्बन्धमा बृहत् छलफल पश्चात् नयाँ भाडादर निर्धारण गरिएको प्रमुख जिल्ला अधिकारी मातृका आचार्यले जानकारी दिए ।
आगामी दिनमा उक्त आचारसंहिताको पूर्ण रूपमा परिपालना गर्न निर्देशन दिने, सोको निरन्तर अनुगमन, मूल्याङ्कन गर्ने तथा उल्लङ्घन भएको पाइएमा कानुन बमोजिम कारबाही गर्ने निर्णय गरिएको छ । साथै सडक खण्डको अवस्थामा आएको सुधार, यात्रुको भाडादरमा भएको समायोजन तथा जिल्लाको स्वीकृत जिल्ला दररेटका आधारमा ढुवानीको दरसमेतलाई समायोजन गर्ने निर्णय गरिएको छ ।
प्रजिअ आचार्यले भने, “अस्थायी मार्ग तथा भाडा निर्धारण समितिको बैठकबाट भाडादर निर्धारण गरिएको छ । भाडा निर्धारण गरिएपछि स्थानीयलाई सहज हुनेछ ।” बैठकले विगतमा रु एक हजार ५०० भाडा लिने सो रुटको भाडादर हाल रु ७५० निर्धारण गरेको छ । नयाँ भाडादर आगामी भदौ १ गतेबाट लागु हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गणितीय विज्ञान, कृत्रिम बुद्धिमत्ता र नवप्रवर्तन
-
प्रश्नपत्र चुहावट विरुद्ध भारतमा युवा आन्दोलन चर्कियो
-
पहिराेले अवरुद्ध चितवन तर्फको सडक खुल्यो, धादिङतर्फ अझै अवरुद्ध
-
बर्नहम बन्दै छन् बेलायतका नयाँ प्रधानमन्त्री : यस्तो छ सत्ता हस्तान्तरण प्रक्रिया
-
कर्णालीको अति दुर्गम समुदायमा हिमालय आँखा अस्पतालको सेवा विस्तार : एक वर्षमा १७ हजारभन्दा बढी सेवा
-
शुक्लाफाँटा निकुञ्जमा च्याउ खोज्न गएका ३ जनाको सकुशल उद्धार, १४ जना अझै बेपत्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण