बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

युक्रेन : पौडी खेल्ने क्रममा ‘सी माइन’ विस्फोट हुँदा ३ जनाको मृत्यु

सोमबार, २६ साउन २०८२, ०६ : ११
सोमबार, २६ साउन २०८२

सारांश

  • ओडेसामा पौडी खेल्ने क्रममा समुद्री बम विस्फोट हुँदा दुई पुरुष र एक महिलाको मृत्यु भएको छ।
  • यो घटना युक्रेनको ब्ल्याक सी किनारमा भएको हो, जहाँ पौडी खेल्न प्रतिबन्ध लगाइएको छ।
  • अधिकारीहरूले पौडी खेल्न प्रतिबन्धित क्षेत्रमा नजान र सुरक्षा सावधानी अपनाउन आग्रह गरेका छन्।

ओडेसा ।  ओडेसामा पौडी खेल्ने क्रममा समुद्री बम (सी माइन) विस्फोट हुँदा दुई पुरुष र एक महिलाको मृत्यु भएको छ । यो घटनाबारे युक्रेनी सञ्चारमाध्यमहरूले जानकारी दिएका छन्।

स्थानीय अधिकारीका अनुसार तीनै जनाको मृत्यु ‘विस्फोटक पदार्थ’ का कारण भएको हो। यो घटना जातोका नजिकका ती समुद्री किनारहरूमा भएको हो जहाँ मनोरञ्जनका लागि पौडी खेल्न प्रतिबन्ध छ।

ब्ल्याक सी युक्रेनको लोकप्रिय छुट्टी मनाउने गन्तव्य हो, तर रुसको आक्रमणपछि यसका धेरै किनारहरू असुरक्षित ठहरिएका छन्। अधिकारीहरूले अवैध रूपमा पौडी खेल्न नजान आग्रह गर्दै आएका छन्।

प्रत्यक्षदर्शीहरूले स्थानीय सञ्चारमाध्यम डुम्स्कायालाई बताएका अनुसार आइतबार बिहान ११:३० बजे करोलिनो-बुहाज र जातोका बिचमा विस्फोट भएको थियो।

ओडेसाका क्षेत्रीय गभर्नर ओलेह किपरले भने, ‘जाँच नगरिएका पानीमा रहनु प्राणघातक हुन सक्छ भन्ने कुरा यो घटनाले फेरि पुष्टि गर्छ।’

प्रहरीका अनुसार पीडितहरूको परिचय अझै पुष्टि भएको छैन र समुद्र किनारमा जानेहरूलाई ‘सुरक्षात्मक सावधानीहरू बेवास्ता नगर्न’ चेतावनी दिइएको छ।

प्रहरीको प्रारम्भिक विवरणमा भनिएको छ, ‘तीन जना पर्यटक — एक महिला र दुई पुरुष — पौडी खेल्ने क्रममा अज्ञात वस्तुको दुई पटकको विस्फोटका कारण मारिएका छन्। मृतकको परिचय स्थापना गर्ने काम भइरहेको छ।’

अधिकारीहरूका अनुसार हाल ३२ वटा क्षेत्रहरूमा पौडी खेल्न सुरक्षित छ, जस मध्ये ३० वटा ओडेसामा अवस्थित छन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप