रुपन्देही मोटरसाइकल दुर्घटनामा परी एक युवाको मृत्यु
सोमबार, २६ साउन २०८२, ०९ : २४
सारांश
- रुपन्देहीको मणिग्राममा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ।
- दुर्घटनामा नवलपरासीका २० वर्षीय खेम भुसालको मृत्यु भएको प्रहरीले जनाएको छ।
- प्रहरीका अनुसार मोटरसाइकल अनियन्त्रित भई पल्टिएको थियो र घटनाबारे थप अनुसन्धान भइरहेको छ।
बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर ५ स्थित मणिग्राममा मोटरसाइकल अनियन्त्रित भई पल्टिँदा एक युवाको मृत्यु भएको छ।
मृत्यु हुनेमा नवलपरासीको सुनवल घर भई हाल तिलोत्तमा नगरपालिका–१४ तीनधुरा भलवारी बस्ने २० वर्षीय खेम भुसाल रहेको प्रहरीले जनाएको छ ।
नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलका अनुसार बुटवलबाट भलवारीतर्फ जाँदै गरेको लु ४६ प ८२९१ नम्बरको मोटरसाइकल सोमबार बिहान मणिग्राममा आफै अनियन्त्रित भई पल्टिएको थियो ।
भुसाललाई उपचारको लागि क्रिमशन अस्पताल पुर्याइएकोमा तत्कालै मृत्यु भएको प्रहरीको भनाइ छ । प्रहरीले घटनाबारे थप अनुसन्धान सुरु गरेको जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हप्ताको दुई दिन बिदाको प्रभावः पर्यटकीय गन्तव्यमा थप चलायमान
-
बारामा छतमा पिसाब फेर्ने क्रममा लडेर एकजनाको मृत्यु
-
बक्स अफिसमा जेठका ६ फिल्म: साढे ३ करोडको व्यवसाय, सवा लाख दर्शक
-
प्रचण्ड गर्मीमा पङ्खाविहीन कक्षा, विद्यार्थीको पढाइ प्रभावित
-
२–२ गोलको बराबरीमा रोकिए इरान र न्युजिल्यान्ड
-
नेपालगञ्ज भन्सारकाे राजस्व सङ्कलनमा वृद्धि
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण