दुई साथीको फरक बाटो
स्याङ्जाको एउटा सानो गाउँमा सागर र रोहित दुई बालसखा थिए । उनीहरुको बाल्यकालदेखि एउटै विद्यालय, एउटै डेस्क र एउटै सपना थियो । सपना थियो- ब्याचलर सकेर जागिर खाने अनि दु:ख दिने जिन्दगीलाई मुस्कानले जित्ने ।
दुवै जना कक्षा १२ मा थिए । पढाइको चाप बढ्दै थियो, जीवनको मोड बदलिँदैथ्यो । सागरले यो मोडलाई अवसरको रूपमा देख्यो, रोहितले भने छुट्टीको रूपमा ।
सागर बिहानै उठ्थ्यो, किताब पल्टाउँथ्यो, शंका समाधान गर्न शिक्षककहाँ पुग्थ्यो । उसलाई थाहा थियो- आजको पढाइले भोलिको जिन्दगी बनाउने हो । मोबाइल उसले प्रयोग गर्थ्यो तर नोट्स खोज्न, भिडियो लेक्चर हेर्न र कहिलेकाहीँ विश्राम लिन ।
तर रोहित... । ऊ बदलिँदै गयो । मोबाइल हातबाट झर्दैन थियो । बिहान पब्जी, दिउँसो टिकटक, राति फेसबुक । पढाइ उसकै लागि दिक्कलाग्दो कुरा बनिसकेको थियो ।
सागरले धेरैपल्ट सम्झायो, ‘रोहित, अबपनि सकेनौँ भने पछि धेरै पछुतो हुन्छ है ।‘
तर रोहित हाँस्थ्यो, ‘के यार ! म त एक महिनामा पनि पास गरिदिन्छु । पढ्न त आउँछ नि ।‘
परीक्षाको समय आयो । सागर तयार थियो मन, मस्तिष्क र मिहिनेतले । रोहित अलमलमा थियो, किताबका पाना उसलाई नयाँजस्तै लाग्थे । परीक्षा त दिन सके तर उसको अनुहारले नै सबै बताइरहेको थियो ।
महिना दिनपछि नतिजा आयो ।
सागर : ए ग्रेड ल्याएर पास
रोहित : फेल
रोहित मोबाइलको स्क्रिनतिर हेरेर धेरैबेर चुप बस्यो । त्यस दिन त्यो मोबाइलले उसलाई पहिलोपटक चोट दियो, सपना चकनाचुर भएको खबर सुनेर ।
उता सागरको घरमा खुसी थियो । बाबुआमाका आँखा रसाए यसपटक खुसीले । ऊ आफ्नो संघर्षको फल मिठो अनुभूति गरिरहेको थियो ।
एक दिन विद्यालयले टपरहरुको सम्मान कार्यक्रम राख्यो । सागरले मञ्चबाट भाषण गर्दै भन्यो- ‘मैले पनि टिकटक देखेको छु, पब्जी खेलेको छु । तर समय हरेक दिन गइरहेको छ भन्ने महसुसले मलाई बिझाउँथ्यो । मैले रोजे मोबाइल होइन, मेरो भविष्य । मलाई विश्वास छ, तपाईंहरू सबै पनि सक्नुहुन्छ । सर्त केवल मेहनत र समयको सदुपयोग हो ।‘
मञ्चबाट फर्किँदा सागरले रोहितलाई पछाडिबाट बोलायो । रोहितले आँखा झुकाउँदै भन्यो, -तैंले सही गरिस् यार । म भने मोबाइलमा हराएँ । अब म फेरि सुरु गर्छु । मलाई पनि सफल हुन मन छ ।‘
सागर हाँस्यो, काँधमा हात राख्दै भन्यो, ‘ढिलो भए पनि यात्रा सुरु त भयो । अब भने सफल नभई हुँदैन ।‘
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वैदेशिक व्यापारमा नयाँ रेकर्ड, तर व्यापार घाटा झण्डै १८ खर्ब
-
राजेश हमालकाे प्रश्न : देशको शासन प्रणाली ‘हिट एन्ड मिस’ को भरमा सञ्चालन गर्नु कत्तिको बुद्धिमानी हो ?
-
चालु आव ‘कानुन निर्माण तथा सुधार वर्ष’ घोषणा, उच्चस्तरीय समिति गठन
-
नेदरल्यान्ड्सविरुद्ध नेपाल १५७ रनमै अलआउट, फेरि धर्मरायो ब्याटिङ
-
कर अधिकृतलाई अर्थमन्त्रीको सम्बोधन– ‘८ खर्ब तपाईंहरूको लक्ष्य हो, बजेटको स्कीमबाट १ खर्ब उठाउनुस्’
-
कांग्रेसको आधिकारिकता विवाद पुनः सर्वोच्चमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण