पुटिनसँगको भेटमा युक्रेनी भूमि फिर्ता गराउने प्रयास गर्ने ट्रम्पको घोषणा
सारांश
- अमेरिकी राष्ट्रपति ट्रम्पले रुसी राष्ट्रपति पुटिनसँगको भेटमा युक्रेनका केही भूभाग फिर्ता गराउने प्रयास गर्ने बताए।
- ट्रम्पले पुटिनसँग न्यायपूर्ण सम्झौताको प्रस्ताव आए युरोपेली नेता र जेलेन्स्कीलाई जानकारी गराउने बताएका छन्।
- जेलेन्स्कीले कीभको सहभागिता बिना हुने कुनै पनि सम्झौता 'मृत निर्णय' हुने चेतावनी दिएका छन्।
काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी शुक्रबार हुने रुसी राष्ट्रपति भ्लाडिमिर पुटिनसँगको भेटमा युक्रेनका केही भूभाग फिर्ता गराउने प्रयास गर्ने बताएका छन्।
पत्रकार सम्मेलनमा बोल्दै उनले भने, “रुसले युक्रेनको ठुलो र महत्त्वपूर्ण भूभाग कब्जा गरेको छ। हामी त्यसको केही हिस्सा युक्रेनलाई फिर्ता गराउने प्रयास गर्नेछौँ।”
उनीले पुटिनले ‘न्यायपूर्ण सम्झौता’ प्रस्ताव गरे युरोपेली नेताहरूसँग जानकारी गराउने र पहिले युक्रेनी राष्ट्रपति भ्लाडिमिर जेलेन्स्कीलाई फोन गरेर आफ्नो धारणा राख्ने बताएका छन्।
ट्रम्पले जेलेन्स्कीका केही कदमप्रति असहमति जनाउँदै विगतमा युद्धको दोष पनि उनीमाथि लगाएका थिए। तर, जेलेन्स्कीले भने कीभको सहभागिता बिना हुने कुनै पनि सम्झौता “मृत निर्णय” हुने चेतावनी दिएका छन्।
यसअघि ट्रम्पले पुटिनसँगको बैठकको घोषणा गर्दै रुसलाई युद्ध विराममा सहमत हुन वा नयाँ अमेरिकी प्रतिबन्धको सामना गर्न चेतावनी दिएका थिए।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण