देवघाटमा बोलबम मेलामा डेढ लाख भक्तजन
सारांश
- तनहुँको देवघाटमा साउनको सोमबार बोलबम मेलामा एक लाख ५० हजार भक्तजनको सहभागिता रह्यो।
- देवघाटमा साउनको प्रत्येक सोमबार बोलबम मेला लाग्ने गर्छ, जसमा भक्तजनको घुइँचो लाग्ने गर्दछ।
- देवघाट क्षेत्र विकास समितिले भक्तजनको सुरक्षाका लागि सुरक्षा सतर्कता बढाएको छ।
तनहुँ । तनहुँको प्रसिद्ध धार्मिकस्थल देवघाटमा साउनको सोमबार लागेको बोलबम मेलामा एक लाख ५० हजार भक्तजन आएका छन् । देवघाट क्षेत्र विकास समितिका कार्यकारी निर्देशक सदन बरालका अनुसार यस वर्ष साउनको चार वटा सोमबार एक लाख ५० हजार भक्तजनले बोलबम मेलामा स्नान गरेका हुन् ।
बोलबम मेला साउनको प्रत्येक सोमबार हुन्छ । बोलबममा देवघाटको वेणीसङ्गम र शिवालयहरूमा भक्तजनको घुइँचो लागेको थियो । साउनका अन्य बारमा पनि यहाँ दैनिक एक हजारभन्दा बढी भक्तजन आउने निर्देशक बरालले जानकारी दिए ।
चितवन, तनहुँ र नवलपुरको सङ्गमस्थल देवघाटमा हरेक वर्ष साउनको सोमबार उत्सव मनाइने भएकाले पनि स्वदेशी तथा विदेशी धार्मिक पर्यटकको आगमन वृद्धि हुने उनले बताए । साउने सोमबार देवघाटको पवित्र जल र बेलपत्रले शिवको पूजाआराधना गरे मनोकामना पूरा हुने धार्मिक विश्वास रहिआएको देवघाट क्षेत्र विकास समितिका पूर्व अध्यक्ष शिवराज पौडेलले बताए ।
साउनको हरेक सोमबार बिहानै स्नान गरेर निराहार व्रत बस्ने धार्मिक मान्यता छ । देवघाट क्षेत्र विकास समितिले यस वर्ष बोलबम मेलामा आउने भक्तजनको तथ्याङ्क राखेको हो । साउनमा त्रिशूली र कालीगण्डकी नदीको बहाव बढ्ने हुँदा मेलामा स्नान गर्न आउने भक्तजनको सुरक्षाका लागि तनहुँ र चितवनतर्फ सुरक्षा सतर्कता बढाइएको समितिले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्छाैँ : शिक्षामन्त्री
-
बीमा सम्बन्धी कसुरमा मृदुला सरिया पक्राउ
-
पश्चिम एसियाको स्थिति ‘कल्पनाभन्दा बाहिर’ : महासचिव गुटेर्रेस
-
गर्मी बढ्दै जाँदा युरोपमा खडेरी गम्भीर
-
पोखरा र भैरहवा विमानस्थलः छुट छ, जहाज छैनन्
-
‘पुष्पलाल इतिहासका पानामा सीमित नाम होइनन्, राजनीतिक चेतनाको दियो हुन्’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण