बिहे खर्च जुटाउन अपरिचितलाई पनि बेच्न थालियो ‘वेडिङ टिकट’
सारांश
- युरोपमा विवाहको खर्च जुटाउनका लागि अपरिचित व्यक्तिहरूलाई वेडिङ टिकट बेच्ने चलन सुरु भएको छ।
- इन्भिटिन नामक कम्पनीले विवाह स्थल भाडामा दिने र टिकट बेच्ने आइडिया ल्याएको हो, जसले दम्पतीलाई खर्च जुटाउन मद्दत गर्छ।
- पैसा तिरेर अरूको विवाहमा सहभागी हुने र बेहुला-बेहुलीले पाहुना छनोट गर्न सक्ने व्यवस्था छ।
काठमाडौँ । पछिल्लो समय बिहेमा अनेकन ट्रेन्ड देखिइरहेका छन् । यसैबीच यूरोपमा भने वैवाहिक समारोहको खर्च जोहो गर्न अपरिचितलाई वेडिङ टिकट बेच्ने चलन आएको छ ।
यो वर्षको सुरुमा इन्भिटिन नामक कम्पनी खोलेकी कातिया लेकास्र्कीले दक्षिण पूर्वी फ्रान्समा रहेको आफ्नो घरलाई वैवाहिक स्थलको रुपमा भाडामा दिनुको साथै वेडिङ टिकट बेच्ने आइडिया ल्याएकी हुन् । घरलाई विवाहको लागि भाडामा दिँदै गर्दा लेकास्र्कीकी छोरीले ‘हामीलाई चाँहि बिहेमा किन बोलाइएन ?’ भनेर प्रश्न गरेकी थिइन् ।
छोरीको यही कुरा सुनेपछि उनको मनमा इच्छुकहरूलाई वेडिङ टिकट बेच्ने विचार आयो । यसो गर्दा भर्खरै बिहे गर्न लागेका दम्पतीले बिहेको महँगो खर्च पनि जुटाउन सक्ने भए । अनि लेकास्र्की आफैँले पनि कमिसनको रुपमा केही पैसा कमाउने भइन् ।
यतिबेला इन्भिटिनमा आफ्नो बिहेको टिकट बेच्न भनेर कयौँ जोडी आउँछन् । अनि सयौँ यूरो तिरेर अपरिचितको बिहेमा जान चहानेहरू पनि उत्तिकै छन् । ‘आफ्नो बिहेको टिकट अपरिचितलाई बेच्नु रोचक हो जस्तो मलाई लाग्छ,’ अपरिचितको बिहेमा आउन पैसा तिरेकी लौरेनले द गार्जियनलाई भनेकी छिन् ।
‘मेरो परिवार त्यति ठूलो छैन, त्यसैले म खासै धेरैको बिहेमा गएकी छैन, फरक परम्परा भएको बिहेमा सहभागी भएर यसको अनुभव लिन सक्नु निकै मज्जाको कुरा हो, चाहे यो अपरिचितको नै किन नहोस्,’ अझ अगाडि लौरेन भन्छिन् ।
आफूलाई वैवाहिक समारोहको साजसज्जा हेर्न र संगीत सुन्न मन पर्ने अनि आफूले डान्सफ्लोरमा नाचेको पनि उनले सुनाइन् । बिहे गर्न सानोतिनो खर्चले त पक्कै पुग्दैन । केही जोडीले प्रसाका लागि टिकट बेच्छन् । केहीले भने अनुभवको लागि यसो गरेको बताइरहेका छन् ।
टिकट बेच्नु अघि बेहुलाबेहुलीले इन्भिटिन एपमा नचिनेका मध्ये पनि कसलाई बोलाउने र कसलाई नबोलाउने भनेर हेर्छन् । मन लागेन भने बिहेमा आएका यस्ता पाहुनासँग नबोल्दा पनि भयो । पाहुनाहरूले भने उपयुक्त पोसाक लगाएर आउँछ, ठिक्क ड्रिङ्क गर्छु र अनुमति लिएर मात्रै बिहेको फोटो शेयर गर्छु भन्ने लगायत सर्तहरूमा हस्ताक्षर गर्नु पर्छ ।
पैसा तिरेर अरूको बिहेमा जार्ने चलन फ्रान्समा मात्रै छैन । इटलीमा वेडिङ प्राइभे नाम गरेको एउटा कम्पनीले लक्जरी परम्परा बिहेमा जान चाहनेलाई ५ हजार यूरोसम्म चार्ज गर्छ । धनी पर्यटक र विदेशी यात्रीहरूले यी बिहेमा जान पाउँछन् ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण