पारिवारिक खेतीलाई नाफामूलक र दिगो पेसा बनाउन ठोस कदम चाल्नुपर्छ: मन्त्री अधिकारी
सारांश
- कृषि मन्त्री रामनाथ अधिकारीले पारिवारिक खेतीलाई सम्मानजनक र नाफामूलक बनाउन जोड दिए।
- जलवायु स्मार्ट प्रविधि, अनुसन्धान, र बजार पहुँच जस्ता कार्यक्रमहरूलाई प्रवर्द्धन गर्नुपर्ने बताए।
- साना किसानको हितका लागि नीति निर्माण र अन्तर्राष्ट्रिय बजारमा पहुँच बढाउनुपर्नेमा जोड दिए।
काठमाडौँ । कृषि तथा पशुपक्षी विकासमन्त्री रामनाथ अधिकारीले पारिवारिक खेतीलाई जीवनयापनको साधनमात्र नभई सम्मानजनक, नाफामूलक र दिगो पेसा बनाउन ठोस कदम चाल्नुपर्ने बताएका छन् ।
आज ललितपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले जलवायु स्मार्ट कृषि प्रविधि र बीउबिजन, अनुसन्धानमा लगानी, कृषक उद्योग बजार, एकीकृत प्रणाली, वित्त समावेशीकरण, सहुलियत ऋण, बीमा र कृषक कोष प्रादेशिक वा स्थानीय तहमा कृषि व्यवसाय इन्कुबेसन केन्द्र स्थापना जस्ता कार्यक्रमहरूका माध्यमबाट प्रवर्द्धन गर्नुपर्ने बताए । नेपालको पहाडी र पर्वतीय कृषि अनुभवले जलवायु अनुकूलन, अधिकतम उपयोग र समुदायमा आधारित दृष्टिकोणका क्षेत्रमा विश्व समुदायलाई महत्त्वपूर्ण सूचना उपलब्ध गराउनसक्ने जिकिर गरे ।
पारिवारिक खेती प्रणालीको दिगो विकास र साना किसानले अन्तर्राष्ट्रिय बजारमा समान पहुँच र लाभ पाउन सकुन् भन्ने उद्देश्यका लागि कृषि उपजका करमा विश्लेषण गरी लचकता अपनाउने र न्यायसङ्गत व्यापार अवसरको प्रवर्द्धन गर्ने पक्षमा सामूहिक वकालत गर्नुपर्ने बताए ।
नेपालमा साना तथा पारिवारिक किसानको आवश्यकतालाई प्राथमिकता दिने नीतिहरू निर्माण र सर्वोत्तम अभ्यासहरू आदानप्रदानमा सक्रिय रहन क्षेत्रीय साझेदारी गर्नुपर्ने आवश्यकता रहेको उल्लेख गरे ।
मन्त्री अधिकारीले पारिवारिक खेती प्रणालीलाई समावेशी, ग्रामीण रूपान्तरणको प्रमुख घटक र जलवायु परिवर्तनको चुनौतीबिच दिगो विकासको आधार स्तम्भको रूपमा विकास गर्नुपर्ने बताए । नेपालले दिगो, समावेशी र जलवायु उत्थानशील कृषि क्षेत्र निर्माण गर्ने अटल प्रतिबद्धता लिएर अघि बढेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
-
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण