देवघाट क्षेत्र विकास समितिमा पदाधिकारी नियुक्त
काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले देवघाट क्षेत्र विकास समितिका नवनियुक्त पदाधिकारीलाई मंगलबार नियुक्ति पत्र प्रदान गर्दै इमानदारीपूर्वक जिम्मेवारी निर्वाह गर्न आग्रह गरेका छन् ।
सात सदस्यीय समितिमा दुई जना महिलासहितको समावेशी संरचना रहेको उल्लेख गर्दै मन्त्री पाण्डेले देवघाट क्षेत्र गुरूकुलका गतिविधिका कारण चलायमान रहेको र त्यसले क्षेत्रको जीवन्तता कायम राखेको बताए । उनले भने,“यदि गुरूकुल नै हटाइयो भने यहाँ शून्यता हुनेछ । त्यसैले नयाँ पुस्तामा ज्ञान, चेतना र पुनर्जागरण ल्याउने वातावरण निर्माण गर्नुपर्छ ।”
मन्त्री पाण्डेले देवघाटमा महाकुम्भजस्ता भव्य धार्मिक तथा सांस्कृतिक कार्यक्रम आयोजना गर्ने सम्भावना रहेको उल्लेख गर्दै वाग्मती र गण्डकी प्रदेश सरकारसँगको सहकार्यका साथै निजी क्षेत्रलाई आकर्षित गरी अवसर उपयोग गर्न सुझाव दिए ।
चितवन, नवलपुर र तनहुँजस्ता भौगोलिक तथा सामाजिक दृष्टिले अनुकूल स्थानमा अवस्थित देवघाटको पर्यटन र सांस्कृतिक महत्त्व अझ उँचो बनाउन सकिने विश्वास व्यक्त गर्दै उनले समितिका पदाधिकारीलाई अनुकरणीय काम गर्न अपेक्षा गरे ।
“मन्त्रालय नीतिगत र कानुनी रूपमा सहयोग गर्न सधैँ तयार छ,” मन्त्री पाण्डेले भने, “यो कुनै लाभको पद होइन, जिम्मेवारीको पद हो । गठन आदेश अध्ययन गरी त्यसअनुसार काम गर्नुहोस् ।”
सो अवसरमा मन्त्रालयका सचिव हरि मैनालीले राजधानीबाट नजिक र सुविधाजनक स्थानमा रहेको देवघाटले पर्यटन तथा सांस्कृतिक क्षेत्रमा थप प्रगति गर्ने विश्वास व्यक्त गरे ।
नवनियुक्त पदाधिकारीमा अध्यक्ष ईश्वरीराज लौडारी, सदस्यहरू चन्द्रमित्र पण्डित (चितवन), लक्ष्मण सुवेदी (चितवन), सालिकराम सापकोटा (नवलपरासी), यु कुमारी शर्मा (नवलपरासी), रामहरि पुडासैनी (तनहुँ) र इन्द्रमाया थापा मगर (तनहुँ) रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतीय चर्चित गायक सानले नेपालमा साङ्गीतिक प्रस्तुति दिने
-
'एक्का तीन'को मुख्य अभिनेत्रीमा कविता
-
किन आन्दोलित छन् भक्तपुर क्यान्सर अस्पतालका कर्मचारी ?
-
रियल म्याड्रिडका लागि जब एमबाप्पेले माइकल ओलिसेलाई फकाए
-
विद्युत् निर्यात ६८ प्रतिशतले बढ्दा आयात खर्चमा भारी कटौती, १८ अर्ब ७६ करोडभन्दा बढी खुद व्यापार बचत
-
बागमतीमा गत आर्थिक वर्षमा ४४ सडक पुल निर्माण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण