अहिले अध्यक्ष ओलीको विकल्प खोज्ने बेला होइन : महासचिव पोखरेल
मङ्गलबार, २७ साउन २०८२, १७ : ४९
धनकुटा । नेकपा एमालेका महासचिव शंकर पोखरेलले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीको विकल्प खोज्ने समय भइनसकेको बताएका छन् ।
नेकपा (एमाले) कोशी प्रदेश कमिटीको मंगलबार धनकुटाको हिलेमा भएको सातौँ बैठकलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
संविधानसभाको निर्वाचनपछि नेपाली जनतामा आशा जगाउने र समृद्धिको यात्रामा ओली नेतृत्वकै सरकारले गरेकाले एमाले र ओलीमाथि प्रहार भएको उनले बताए ।
नेपालको अस्थिर राजनीतिलाई स्थिर बनाउन एमाले र ओलीले खेलेको भूमिकालाई रोक्न चौतर्फी प्रहार भएको बताउँदै नेपालको आर्थिक वृद्धि तीन वर्ष लगातार ४ प्रतिशतले बढाउन सफल भएकाले खासगरी सरकारबाट बाहिरिएका माओवादी र जनताबाट अस्वीकृत दलहरू ओलीका विरुद्ध लागेको उनले बताए ।
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिमा आएको बताए पनि पार्टीले नआउन भनिसकेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लक्ष्यको आधा पनि उठेन लुम्बिनी प्रदेशको आन्तरिक राजस्व
-
झापा अदालतद्वारा ६० प्रतिशत मुद्दा फछ्र्योट
-
सुदूरपश्चिमका पहाडी जिल्लामा बर्खा लाग्नासाथ बढ्छ दुर्घटनाको जोखिम
-
बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग (विवरणसहित)
-
हृदयघात भएको पहिलो १० मिनेटमा के गर्ने ?
-
दिनदिनै लौकाको जुस पिउँदा शरीरलाई हुन्छ यस्ता फाइदा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण