११ एसपीकाे पदस्थापन
बढुवा भएका ११ एसपी कसले कहाँ पाए जिम्मेवारी ?
मङ्गलबार, २७ साउन २०८२, २२ : ०१
काठमाडौँ । नेपाल प्रहरीका ११ जना प्रहरी उपरीक्षक (एसपी) हरुको पदस्थापन गरिएकाे छ । साउन २१ मा गृह सचिव गोकर्णमणि दुवाडीले बढुवा समितिको सिफारिसको आधारमा ११ जनालाई बढुवा गर्ने निर्णय गरेका थिए । मंगलबार उनीहरूलाई पदस्थापन गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
अनिल कुमार खड्कालाई नेपाल प्रहरी प्रदेश कार्यालय काभ्रे र महेश थापालाई कार्य विभागमा पदस्थापन गरिएको छ । दिपेन्द्र पंजियार थारुलाई प्रधान कार्यालय स्थित सुरक्षा सेवा व्यवस्थापन महाशाखामा र महेन्द्र नेपाललाई अपराध अनुसन्धान विभागमा काज गरिएको छ ।
केशव भट्टराईलाई लागु औषध नियन्त्रण ब्युरोमा पठाइएको छ । डिल बहादुर मल्ललाई उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा पदस्थापन गरिएको छ । दिपक खड्कालाई राष्ट्रिय सुरक्षा परिषद्को सचिवालयमा पठाइएको छ ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
'एक्का तीन'को मुख्य अभिनेत्रीमा कविता
-
किन आन्दोलित छन् भक्तपुर क्यान्सर अस्पतालका कर्मचारी ?
-
रियल म्याड्रिडका लागि जब एमबाप्पेले माइकल ओलिसेलाई फकाए
-
विद्युत् निर्यात ६८ प्रतिशतले बढ्दा आयात खर्चमा भारी कटौती, १८ अर्ब ७६ करोडभन्दा बढी खुद व्यापार बचत
-
बागमतीमा गत आर्थिक वर्षमा ४४ सडक पुल निर्माण
-
इरान थप आक्रामक, दबाबमा अमेरिका
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण