केचना–कञ्चनजङ्घा सडक अवरुद्ध, कालीगण्डकी करिडोर अवरुद्ध
सारांश
- इलामको केचना-कञ्चनजङ्घा सडक पहिरोका कारण अवरुद्ध भएको छ, जसले गर्दा यातायात प्रभावित भएको छ।
- कालीगण्डकी करिडोर अन्तर्गत बागलुङ-बलेवा खण्डको कालाखोलामा पहिरो जाँदा सडक अवरुद्ध भएको छ।
- सडक अवरुद्ध हुँदा बागलुङबाट गुल्मी, स्याङ्जा लगायतका क्षेत्रमा चल्ने सवारी साधनहरू प्रभावित भएका छन्।
काठमाडौँ । इलामको केचना–कञ्चनजङ्घा सडक पहिरोका कारण पूर्ण रूपमा अवरुद्ध भएको छ । इलाम नगरपालिका–११ सोयाकस्थित घोर्लेभिरमा गए राति खसेको पहिरोले सडक अवरुद्ध भएको हो ।
पहिरोले उक्त सडक अवरुद्ध भएपछि इलामको गोलाखर्क हुँदै झापा जाने सडक पनि अवरुद्ध भएको छ । सो सडक अवरुद्ध भएपछि लामो दूरीको मेची राजमार्गबाट नै सवारीसाधन सञ्चालन गर्न व्यवासायीहरु बाध्य भएका छन् ।
सहायक प्रमुख जिल्ला अधिकारी भोलानाथ गुरागाईँका अनुसार नेपाल प्रहरी, सडक डिभिजन कार्यालय, निर्माण व्यवसायी, यातायात व्यवसायी र स्थानीयको सक्रियतामा पहिरो पन्छाउने क्रम जारी छ ।
यसैबीच, कालीगण्डकी करिडोरअन्तर्गत बागलुङ–बलेवा खण्डको कालाखोलामा सुक्खा पहिरो खस्दा सडक अवरुद्ध भएको छ । चट्टानसहितको भीषण पहिरोले बागलुङ बजारलाई दक्षिणी क्षेत्रसँग जोड्ने बागलुङ–कुश्मीशेरा सडक पनि अवरुद्ध भएको छ ।
करिडोर अवरुद्ध हुँदा बागलुङबाट गुल्मी, स्याङ्जा, पाल्पा, रुपन्देही हुँदै पश्चिम चल्ने सबै सवारीसधान चल्न सकेका छैनन् भने सोही बाटो हुँदै उत्तर मुस्ताङसम्म चल्ने सवारी साधन बाटोमा रोकिएका प्रहरीले जनाएको छ । भैरहवाबाट सामान बोकेर आएका मालबहाक ट्रक पनि कालाखोलामा रोकिएको राससको समाचारमा उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रियल म्याड्रिडका लागि जब एमबाप्पेले माइकल ओलिसेलाई फकाए
-
विद्युत् निर्यात ६८ प्रतिशतले बढ्दा आयात खर्चमा भारी कटौती, १८ अर्ब ७६ करोडभन्दा बढी खुद व्यापार बचत
-
बागमतीमा गत आर्थिक वर्षमा ४४ सडक पुल निर्माण
-
इरानका आक्रमण थप आक्रामक, दबाबमा अमेरिका
-
लक्ष्यको आधा पनि उठेन लुम्बिनी प्रदेशको आन्तरिक राजस्व
-
झापा अदालतद्वारा ६० प्रतिशत मुद्दा फछ्र्योट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण