लक्ष्मी सनराइज बैंकको नाफा ४० प्रतिशत बढ्यो
सारांश
- लक्ष्मी सनराइज बैंकले आर्थिक वर्ष २०८१/८२ मा ४ अर्ब १२ करोड नाफा कमाएको छ।
- बैंकको खुद ब्याज आम्दानी ११ अर्ब ३७ करोड र वितरणयोग्य मुनाफा ३ अर्ब रुपैयाँ रहेको छ।
- बैंकको निष्क्रिय कर्जा घटेर ४.२५ प्रतिशतमा झरेको छ, र प्रतिशेयर आम्दानी १६.९१ रुपैयाँ पुगेको छ।
काठमाडौँ । लक्ष्मी सनराइज बैंकले ४ अर्ब भन्दा धेरै नाफा कमाएको छ । बैंकले प्रकाशन गरेको आर्थिक वर्ष २०८१/८२ को वित्तीय विवरण अनुसार बैंकले सो आर्थिक वर्षमा ४ अर्ब १२ करोड नाफा कमाएको हो । अघिल्लो आर्थिक वर्ष २ अर्ब ९२ करोड रुपैयाँ खुद नाफा कमाएको थियो । समीक्षा अवधिको बैंकको नाफा गत वर्षको भन्दा ४०.९७ प्रतिशत बढेको हो।
बैंकको व्यवसायबाट प्राप्त आम्दानी घटे पनि इम्पेरमेन्ट चार्जमा छुट्टाउनुपर्ने रकम घटेका कारण खुद नाफा बढेको देखिएको छ । गत वर्ष इम्पेरिमेन्ट चार्जमा ३ अर्ब ५८ करोड रुपैयाँ छुट्याएको बैंकले यो वर्ष १ अर्ब १८ करोड रुपैयाँ मात्रै छुट्याएको छ ।
समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ११ अर्ब ३७ करोड बराबर गरेको छ। कमिसन तथा शुल्कतर्फको आम्दानी २ अर्ब १८ करोड गरेको बैंकले सञ्चालन तथा कर्मचारी खर्चमा झण्डै ५ अर्ब ४४ करोड रुपैयाँ खर्चेको छ ।
२४ अर्ब ३४ करोड ६५ लाख रुपैयाँ चुक्ता पुँजी रहेको यस बैंकको जगेडा कोषमा ३ अर्ब करोड रुपैयाँ सञ्चित छ। अनुसार बैंकको प्रतिशेयर नेटवर्थ १८६ रुपैयाँ रहेको छ ।
असार मसान्तसम्ममा बैंकले ३ खर्ब ६७ अर्ब ५ करोड रुपैयाँ निक्षेप सङ्कलन गरी २ खर्ब ७५ अर्ब ४ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ गरेको छ।
बैंकको वितरणयोग्य मुनाफा ३ अर्ब रुपैयाँ रहेको छ जुन प्रतिशेयर आम्दानी १२.३४ रुपैयाँ बराबर हो। बैंकको प्रतिशेयर आम्दानी १६.९१ रुपैयाँ पुगेको छ।
बैंकको निष्क्रिय कर्जा ४.२५ प्रतिशतमा झरेको छ । अघिल्लो वर्ष यस्तो दर ४.६३ प्रतिशत रहेको थियो । बैंकको पुँजीकोष अनुपात १२.७३ प्रतिशत, कस्ट अफ फण्ड ४.४७ प्रतिशत, बेसरेट ६.५० प्रतिशत र ब्याजको स्प्रेडदर ३.५१ प्रतिशत रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानी आणविक केन्द्रलाई निशाना बनाउने ट्रम्पको चेतावनी
-
नेतान्याहुलाई पक्राउ गर्ने अधिकार न्युयोर्कलाई छैन, सङ्घीय सरकारले आवश्यक कदम चालोस् : ममदानी
-
बर्ड फ्लुका बारेमा भ्रम र तथ्य
-
चेक बाउन्स कानुन : वास्तविक कारोबारको खोजी कहिले ?
-
फ्रान्समा १५ वर्षमुनि बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध
-
बिपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण