देशभर डेंगुको प्रकोप बढ्दो, एक सातामा १८० नयाँ संक्रमित
बिहीबार, २९ साउन २०८२, १८ : ४०
सारांश
- नेपालमा डेंगु संक्रमण तीव्र रूपमा फैलिरहेको छ, ७४ जिल्लामा संक्रमण पुग्यो।
- पछिल्लो हप्ता १८० जना नयाँ संक्रमित थपिए, गण्डकी प्रदेश सबैभन्दा बढी प्रभावित छ।
- बागमती प्रदेशमा पछिल्लो समय संक्रमितको संख्या बढ्दै गएको छ।
काठमाडौँ। नेपालमा डेंगुको संक्रमण तीव्र गतिमा फैलिरहेको छ। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडिसिडी) का अनुसार देशका ७४ जिल्लामा संक्रमण फैलिसकेको छ।
गएको पुस महिनायता डेंगुका २ हजार ९५२ संक्रमित पुष्टि भएका छन्। पछिल्लो एक सातामै १८० जना नयाँ संक्रमित थपिएका छन् भने पछिल्लो २४ घण्टामा मात्रै १० जनामा संक्रमण देखिएको छ।
प्रदेशगत विवरणअनुसार गण्डकी प्रदेश सबैभन्दा बढी प्रभावित छ, जहाँ ८७७ जनामा संक्रमण पुष्टि भएको छ। त्यसपछि बागमती प्रदेशमा ६१२ र कोशी प्रदेशमा ५१८ जना संक्रमित भेटिएका छन्।
पछिल्लो एक साताको तथ्यांक हेर्दा भने बागमती प्रदेशमा सबैभन्दा धेरै ४५ जना नयाँ संक्रमित थपिएका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘डा. केसीसँग छु’ भन्ने शिक्षामन्त्रीकै कार्यशैलीविरूद्ध गाेविन्द केसीकाे २४औँ सत्याग्रह
-
सूर्यवंशीको कीर्तिमानी अर्धशतक, टी-२० मा भारतको हारको शृङ्खला अन्त्य
-
निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्छाैँ : शिक्षामन्त्री
-
बीमा सम्बन्धी कसुरमा मृदुला सरिया पक्राउ
-
पश्चिम एसियाको स्थिति ‘कल्पनाभन्दा बाहिर’ : महासचिव गुटेर्रेस
-
गर्मी बढ्दै जाँदा युरोपमा खडेरी गम्भीर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण