७२ सहसचिव सरुवा हुँदा किन परेनन् काठमाडौँ महानगरका प्रमुख प्रशासकीय अधिकृत ?
सारांश
- मन्त्रिपरिषद्को बैठकले ७२ सहसचिवको सरुवा गर्यो, तर काठमाडौँ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतको सरुवा भएन।
- काठमाडौँ महानगरपालिकाका मेयर र प्रमुख प्रशासकीय अधिकृतबीचको विवादका कारण सरुवाको लागि आग्रह गरिएको थियो।
- सरुवा नहुनुको कारण प्रष्ट नभएको र दुवै पक्षले सरुवाको लागि आग्रह गरेको बताइएको छ।
काठमाडौँ । मन्त्रिपरिषद्को साउन २६ गते बसेको बैठकले विभिन्न स्थानमा कार्यरत ७२ सहसचिवको सरुवा गर्यो । मन्त्रालय र एउटा निकायबाट अर्को निकायमा सरुवा गर्दा मन्त्रिपरिषद्ले गर्ने व्यवस्था अनुरूप त्यो बैठकको निर्णय साउन २८ गते सार्वजनिक भयो ।
ठुलो सङ्ख्यामा सहसचिव सरुवा हुँदा पनि लामो समय विवाद रहेको काठमाडौँ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सहसचिव सरोज गुरागाईँ सरुवा भएनन् ।
महानगर प्रमुख बालेन्द्र साह (बालेन)सँग गुरागाईँको गत पुसदेखि विवाद छ । विवादका कारण नगरपालिकाको नीति तथा कार्यक्रम र आर्थिक वर्षको बजेट ल्याउन पनि ढिलाइ भएको थियो । यतिसम्म की नगरप्रमुख बालेनको निर्देशनमा प्रमुख प्रशासकीय अधिकृत गुरागाईँलाई आफ्नो कार्यकक्षमा छिर्न नदिएका नगर प्रमुख राजुनाथ पाण्डेलाई बलजफ्ती कार्यकक्षमा छिरेका गुरागाईँले निलम्बन गरे । उनको निलम्बनलाई चुनौती दिँदै पाण्डे अदालत गएपछि अदालतले निलम्बन फुकुवा गरिदिएपछि काममा फर्किएका छन् ।
विवादका बिच अहिले भने महानगर प्रमुख बालेनले गुरागाईँलाई त्यहाँ राख्न चाहेका छैनन् भने गुरागाईँ आफै पनि विवाद गरेर बस्न चाहिरेका छैनन् ।
बालेन र गुरागाईँ दुवैले सरुवाका लागि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई आग्रह गरेका थिए । महानगर प्रमुख बालेनको सचिवालयले साह र स्वयं गुरागाईँले सरुवाका लागि आग्रह गरेको तर सरुवा भएको नभएको जानकारी दियो । ‘महानगर प्रमुखज्यूले र प्रमुख कार्यकारी अधिकृतज्यू स्वयंले सरुवाका लागि आग्रह गर्नुभएको हो । किन र कसरी सरुवा भएन ? जानकारी पाइएन,’ बालेनको सचिवालयका एक सदस्यले भने ।
प्रमुख प्रशासकीय अधिकृत गुरागाईँले सरकारले सहसचिवहरूको सरुवा गरिसकेकाले यस विषयमा आफू नबोल्ने बताए । ‘सरकारले सहसचिवहरूको सरुवा गरिसक्यो । अब यस विषयमा के बोल्नु, म बोल्दिन,’ गुरागाईँले रातोपाटीसँग भने ।
तर, मन्त्रालयले सरुवाका लागि पठाएको सूचीमा नाम नपठाएर हो या प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले टिप्पणी नउठाएर हो गुरागाईँको सरुवा भएन ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका कर्मचारी प्रशासन महाशाखा प्रमुख सहसचिव पीताम्बर घिमिरेले काठमाडौँ महानगरपालिका प्रमुख बालेन र प्रमुख कार्यकारी अधिकृत सरोज गुरागाईँले सरुवाका लागि आग्रह गरेको आफूलाई जानकारी नभएको बताए ।
‘सरुवा हुने सहसचिवहरू सरुवा भइहाल्नुभयो । अरूले मागेको मलाई जानकारी भएन,’ प्रशासन महाशाखा प्रमुख घिमिरेले रातोपाटीसँग भने, ‘काठमाडौँका प्रमुख प्रशासकीय अधिकृतको सरुवाका लागि आग्रह आएको मेरो तहमा थाहा भएन ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लक्ष्यको आधा पनि उठेन लुम्बिनी प्रदेशको आन्तरिक राजस्व
-
झापा अदालतद्वारा ६० प्रतिशत मुद्दा फछ्र्योट
-
सुदूरपश्चिमका पहाडी जिल्लामा बर्खा लाग्नासाथ बढ्छ दुर्घटनाको जोखिम
-
बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग (विवरणसहित)
-
हृदयघात भएको पहिलो १० मिनेटमा के गर्ने ?
-
दिनदिनै लौकाको जुस पिउँदा शरीरलाई हुन्छ यस्ता फाइदा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण