वामदेव गौतमलाई तेस्रो वरीयता, माधव नेपालसँग लिए शपथ
सारांश
- नेकपा (एकीकृत समाजवादी)को सचिवालय बैठकले वामदेव गौतमलाई तेस्रो वरीयताको जिम्मेवारी दिएको छ।
- पार्टीका अध्यक्ष माधव नेपालले गौतमलाई शपथ ग्रहण गराएका थिए।
- राष्ट्रिय एकता अभियानबाट आएका नेताहरूलाई पनि विभिन्न जिम्मेवारी दिइएको छ।
काठमाडौँ। नेकपा (एकीकृत समाजवादी)को सातौँ सचिवालय बैठकले वामदेव गौतमलाई पार्टीको तेस्रो वरीयताको जिम्मेवारी दिएको छ।
पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा सम्पन्न सातौँ सचिवालय बैठकले अध्यक्ष माधव नेपाल र सम्मानित नेता झलनाथ खनालपछि नेता गौतमलाई वरीयता तोकिएको हो। पार्टी उपाध्यक्ष तथा प्रचार विभाग प्रमुख प्रकाश ज्वालाकाअनुसार वरिष्ठ नेता गौतमलाई अध्यक्ष नेपालले शपथ ग्रहण गराएका छन् ।
राष्ट्रिय एकता अभियानबाट एकीकृत समाजवादीमा समाहित भएका नेताहरूलाई जिम्मेवारी दिइएको प्रमुख ज्वालाले जानकारी दिए । ज्वालाका अनुसार डिबी कार्की, तुलसी थापा र लोकनाथ धमलालाई पोलिटब्युरो सदस्यको जिम्मेवारी दिइएको छ।
त्यस्तै केन्द्रीय सदस्यमा भगवती विष्ट, दुर्गादत्त भण्डारी, राधेश्याम गुप्ता, इमानसिंह भारती, रवीन्द्र वम, तोफा यादव, विद्याप्रसाद शर्मा, रामप्रसाद अधिकारी र मोहम्मद शेर वागवानलाई रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रहरीमा प्राविधिक तर्फका दामोदर कँडेल एसएसपीमा बढुवा सिफारिस
-
कांग्रेसलाई लोकतन्त्रका लागि लड्ने क्षमता मिलोस् : केपी ओली
-
अभियन्ता वेदिका केसी पक्राउ
-
विद्युत् नियमन आयोगको अध्यक्षमा पुनः डा.धिताल नियुक्त
-
कसैले आलोचना गर्दैमा ढुङ्गा हानेर गन्तव्यमा पुग्न सकिँदैन : विश्वप्रकाश शर्मा
-
अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था मिलाउन प्रधानमन्त्रीको निर्देशन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण