भन्सार छलेर भेप ल्याउने शिल्क ग्रुपका सञ्चालकविरुद्ध राजस्व न्यायाधीकरणमा मुद्दा दर्ता
काठमाडौँ । राजस्व अनुसन्धान विभागले भन्सारबाट जाँच पास नभएको ८६ हजार ४ सय थान भेपको राजस्व चुहावट गर्ने शिल्क ट्रान्सपोर्टका अध्यक्ष रमेश शेर्पा र विजय शेर्पालाई मुख्य प्रतिवादी बनाउँदै राजस्व न्यायाधीकरणमा मुद्दा दर्ता गरेको छ ।
मुख्य प्रतिवादी रमेश र विजयलाई २० करोड १५ लाख ४८ हजार ९ सय १७ रुपैयाँ बिगो दाबी गर्दै मुद्दा दायर भएको छ भने मतियारको रूपमा सन्तोष पराजुली र महेश प्रसाद पाठकलाई १० करोड ७ लाख ७४ हजार ४ सय ५८ रुपैयाँ विगो दाबी माग गरिएको छ ।
त्यस्तै शिल्क ग्रुप प्रालि अन्तर्गतका ७ वटा प्रालिहरुका साथै सञ्चालक शेयरधनीहरु रमेश शेर्पा, विजय शेर्पा, सोने शेर्पा, कृष्ण शेर्पा, निमादोर्जे शेर्पा, जाङ्गु शेर्पा, साङ्गो शेर्पा,डिमा छिकी शेर्पा,पुन्यबहादुर कार्की सुनौ, औदी तामाङलाई प्रतिवादी कायम गरी प्रतिवादीहरुबाट ५७ करोड ८ लाख चार सय ५३ रुपैयाँ विगो जफत र विगोको शतप्रतिशत जरिवाना माग गरिएको छ ।
राजस्व अनुसन्धान विभागले गत पुसमा भने काठमाडौं इमाडोलस्थित शील्क ट्रान्सपोर्टको गोदामबाट भन्सारबाट जाँच पास नभएको ८६ हजार थान भेप बरामद गरेको थियो । राजस्वले २० करोड १६ लाख बैंक ग्यारेन्टी लिएर भेपसँगै पक्राउ परेका गोदामका कर्मचारीलाई गत फागुनमा हिरासत मुक्त गरेको थियो ।
उक्त बैंक ग्यारेन्टीको व्यवस्थापन शील्कका कर्मचारी विजय शेर्पाले मिलाएको जानकारी विभागले दिएको छ ।
शील्क ग्रुपका अध्यक्ष रमेश शेर्पा हुन् । शील्क कम्पनीले मुख्यतः चीनबाट व्यापारिक मालवस्तु पैठारी गर्ने ट्रान्सपोर्टको काम गर्दै आएको छ ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लक्ष्यको आधा पनि उठेन लुम्बिनी प्रदेशको आन्तरिक राजस्व
-
झापा अदालतद्वारा ६० प्रतिशत मुद्दा फछ्र्योट
-
सुदूरपश्चिमका पहाडी जिल्लामा बर्खा लाग्नासाथ बढ्छ दुर्घटनाको जोखिम
-
बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग (विवरणसहित)
-
हृदयघात भएको पहिलो १० मिनेटमा के गर्ने ?
-
दिनदिनै लौकाको जुस पिउँदा शरीरलाई हुन्छ यस्ता फाइदा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण