सदस्यता खारेज
कांग्रेस प्रवेश गरेका देवेन्द्र यादवको पार्टी सदस्यता एकै दिनमा खारेज
शुक्रबार, ३० साउन २०८२, १८ : ३८
काठमाडौँ । नेपाली कांग्रेस पार्टी प्रवेश गरेका मधेसी नेता देवेन्द्र यादवको पार्टी सदस्यता खारेज भएको छ । उनलाई बिहीबारमात्रै कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीमा स्वागत गरेका थिए ।
तर, उनीमाथि फौजदारी कानुनी कारबाही प्रक्रिया रहेको खुलेसँगै कांग्रेसले शुक्रबार एक विज्ञप्तिमार्फत पार्टीबाट सदस्यता खारेज गरिएको जनाएको हो ।
राजेन्द्र महतो नेतृत्वको सद्भावना पार्टीमा २०६४ मा आबद्ध भएका यादव सो पार्टीमा महासचिवसम्म भएका थिए । पछि राजपा नेपाल बनेपछि उनी सो पार्टीमा पनि महासचिव भएका थिए ।
तर २०७४ को चुनावमा राजपा नेपालले यादवलाई टिकट नदिएपछि उनी स्वतन्त्र चुनाव लडेर पराजित भएका थिए । चुनावमा पराजित भएपछि उनी मधेस राजनीतिमा निष्क्रिय थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गण्डकीमा दर्ता हुन थाले राइड सेयरिङ कम्पनी
-
खुकुरी प्रहार गरी महिलाको हत्या, आक्रमणकारी स्थानीयको कुटाइले गम्भीर
-
नेपालको कूटनीति कसले चलाइरहेको छ? : गैरे
-
स्ट्रेट अफ होर्मुजलाई छलेर तेल निर्यात गर्ने योजना तीव्र बनाउँदै पश्चिम एसियाका तेल उत्पादक देशहरू
-
द ब्रिटिस मोडल कलेजका पाँच विद्यार्थी ड्युक अफ एडिनबर्ग्स इन्टरनेशनल अवार्डबाट सम्मानित
-
खैरो हेरोइनसहित ४ जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण