पाल्पामा भदौ १ गते सार्वजनिक बिदा
शुक्रबार, ३० साउन २०८२, १९ : ५७
बुटवल । लुम्बिनी प्रदेश सरकारले आगामी भदौ १ गते आइतबार पाल्पा जिल्लामा सार्वजनिक बिदा दिने भएको छ ।
प्रदेश मन्त्रिपरिषद्को २०८१ साल चैत १४ गतेको निर्णय अनुसार सो दिन पाल्पामा भगवती जात्रा मनाइने भएकाले बिदा दिने निर्णय गरिएको शुक्रबार आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जारी गरेको सूचनामा भनिएको छ ।
नेपाल र इस्ट इन्डिया कम्पनीबिच वि.सं.१८७१–७२ मा भएको युद्धमा नेपाली सेनाले प्राप्त गरेको ऐतिहासिक विजयको स्मरणमा प्रत्येक वर्ष भाद्र कृष्ण नवमीका दिन भव्य रूपमा भगवती जात्रा मनाउने गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जलजलाको लुप्राङमा अङ्गुरखेतीको परीक्षण सफल
-
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
-
अव्यवस्थित सार्वजनिक संरचनाका कारण व्यक्तिले क्षति बेहोर्नुपरे क्षतिपूर्ति दिलाउन सर्वोच्चको आदेश
-
तीन मौसमी वायुको प्रभाव : आज सातै प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
-
साउदी अरब र उरुग्वेबिच बराबरी: अराउजोले टारे उरुग्वेको संकट
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण