बागमती प्रदेश सभाको दोस्रो कार्यकालमा तीन जना मुख्यमन्त्री, को–को भए मन्त्री ?
सारांश
- बागमती प्रदेश सभाको दोस्रो कार्यकालमा तीन वटा सरकार बनिसकेका छन्।
- शालिकराम जम्कट्टेल, बहादुर सिंह लामा र इन्द्रबहादुर बानियाँले मुख्यमन्त्रीको रूपमा सरकारको नेतृत्व गरे।
- विभिन्न दलहरूबाट मन्त्रीहरू नियुक्त भए, जसमा एमाले र कांग्रेसको बाहुल्यता रहेको थियो।
मकवानपुर । बागमती प्रदेश सभाको दोस्रो कार्यकाल आधा समय कट्दासम्म तीन वटा सरकार बनिसकेको छ ।
२०७९ को निर्वाचनपछि माओवादी केन्द्रका शालिकराम जम्कट्टेलले सरकारको नेतृत्व गरेका थिए । उनले २०७९ पुस २५ मा एमाले–माओवादी केन्द्रको समर्थनमा सरकार गठन गरे । केही समयमै गठबन्धनको समीकरण परिवर्तन भयो । सत्ता गठबन्धन फेरबदल भए पनि सरकारको नेतृत्व भने जम्कट्टेलले नै गरे । एमालेले साथ छाडेपछि उनको सरकारलाई कांग्रेसले समर्थन गरेको थियो ।
त्यसपछि कांग्रेसका बहादुर सिंह लामाले सरकारको नेतृत्व गरे । २०८१ साउन ९ मा एमालेको समर्थनमा कांग्रेसका नेता लामाले सरकारको नेतृत्व गरे ।
२०८२ साउन २० मा आफ्नै पार्टीबाट मुख्यमन्त्री बनेका लामालाई हटाएर इन्द्रबहादुर बानियाँ मुख्यमन्त्री बने । बानियाँले शुक्रबार मन्त्रिपरिषदलाई पूर्णता दिएका छन् ।
१४ सदस्यीय मन्त्रिपरिषदमा एमालेका ६ जना सामेल छन् । जसअनुसार मधुसुधन पौडेलले कृषि तथा पशुपन्छी विकास मन्त्रालय, किरण थापामगरले स्वास्थ्य मन्त्रालय, डा. दिनेशचन्द्र देवकोटाले भौतिक पूर्वाधार विकास मन्त्रालय, जयराम थापाले श्रम, रोजगार तथा यातायात मन्त्रालय, बिन्दु श्रेष्ठले उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालय, भरत बहादुर केसीले वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी पाएका छन् ।
त्यस्तै कांग्रेसबाट मन्त्री बनेका शिवराज अधिकारीले आन्तरिक मामिला तथा कानुन मन्त्रालय, उर्मिला नेपालले युवा तथा खेलकुद मन्त्रालय, कञ्चन चन्द्र वादेले सामाजिक विकास मन्त्रालय, प्रभात तमाङले आर्थिक मामिला तथा योजना मन्त्रालय, सुरेश श्रेष्ठले संस्कृति तथा पर्यटन मन्त्रालय, कृष्ण कुमार तामाङले खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्रालय, विनु रायमाझी पौडेलले सहकारी तथा गरिबी निवारण मन्त्रालयको जिम्मेवारी पाएका छन् ।
लामा नेतृत्वको सरकारमा कति मन्त्री ?
त्यसअघि कांग्रेसका बहादुर सिंह लामाले एक वर्ष १० दिनसम्म सरकारको नेतृत्व गरे । उनको क्याबिनेटमा एमालेका ६ जना र कांग्रेसबाट ८ जना मन्त्री बने ।
२०८१ साउन ९ मा सरकारको नेतृत्व लिएका उनले एमालेका प्रकाश श्रेष्ठलाई कृषि तथा पशुपन्छी विकास मन्त्रालय, अमन कुमार मास्केलाई भौतिक पूर्वाधार विकास मन्त्रालय, कृष्ण प्रसाद सिलवाललाई वन तथा वातावरण मन्त्रालय, सुकमाया तामाङलाई उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालय, किरण थापालाई स्वास्थ्य मन्त्रालय र प्रेमभक्त महर्जनलाई श्रम, रोजगार तथा यातायात मन्त्रालयको जिम्मेवारी दिएका थिए ।
यस्तै, कांग्रेसबाट कुन्दनराज काफ्ले आर्थिक मामिला तथा योजना मन्त्रालय, हरिप्रभा खड्गीले सामाजिक विकास मन्त्रालय, सुरजचन्द्र लामिछानेले आन्तरिक मामिला तथा कानुन मन्त्रालय, श्याम खड्काले खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्रालय, मीनकृष्ण महर्जनले युवा तथा खेलकुद मन्त्रालय, विमल ठकुरीले संस्कृति, पर्यटन तथा सहकारी मन्त्रालयको जिम्मेवारी पाएका थिए भने पछि सहकारी तथा गरिबी निवारण मन्त्रालय खडा गरेर मदुकुमार श्रेष्ठलाई सो मन्त्रालयको जिम्मेवारी दिइएको थियो ।
जम्कट्टेलको सरकारमा कति मन्त्री ?
२०७९ पुस २५ मा एमाले, राप्रपा र माओवादी केन्द्रको गठबन्धनमा शालिकराम जम्कट्टेलले सरकार गठन गरेका थिए । सो गठबन्धन लामो समय टिक्न सकेन । २०७९ चैतमा माओवादी केन्द्र, कांग्रेस र एकीकृत समाजवादीको गठबन्धन भएको थियो । सो गठबन्धन २०८० फागुनमा भत्किएपछि पुनः एमालेसँग माओवादी केन्द्र, एकीकृत समाजवादी र हाम्रो नेपाली पार्टीको गठबन्धन भएको थियो ।
तत्कालीन मुख्यमन्त्री जम्कट्टेलले ३ पटक विश्वासको मत लिनु परेको थियो । राजनीतिक घटनाक्रम परिवर्तनसँगै ३ वटा समीकरणबाट उनले सरकार सञ्चालन गरे । उनको सरकारमा पटकपटक गरी ३६ जना मन्त्री बन्न भ्याए ।
जम्कट्टेलले सुरुवातमा एमाले, राप्रपा, माओवादी केन्द्र, एकीकृत समाजवादी र हाम्रो नेपाली पार्टीको गठबन्धनबाट सरकार गठन गर्दा राप्रपाका ३ जना (उद्धव थापा, डम्बर तामाङ र राजु विष्ट), एमालेका ४ जना (जगन्नाथ थपलिया, केशव प्रसाद पोखरेल, एकालाल श्रेष्ठ र रामेश्वर श्रेष्ठ)लाई मन्त्री बनाए । यस्तै माओवादी केन्द्रबाट ४ जना (जम्कट्टेलको नेतृत्वमा गंगानारायण श्रेष्ठ, युवराज दुलाल ‘शरद’, कुमारी मोक्तान) मन्त्री बनेका थिए ।
एमाले र राप्रपाले साथ छाडेपछि जम्कट्टेलले कांग्रेस र एकीकृत समाजवादीको समर्थनमा सरकारलाई निरन्तरता दिए । सो समयमा कांग्रेसबाट ६ जना (बहादुर सिंह लामा, तीर्थ लामा, उत्तम जोशी, पुकार महर्जन, रामकृष्ण चित्रकार र मसिना खड्का) मन्त्री बनेका थिए भने एकीकृत समाजवादीबाट २ जना (डा. राजेन्द्रमान श्रेष्ठ र लक्ष्मण लम्साल) मन्त्री बनेका थिए । माओवादी केन्द्रबाट अघिल्लो क्याबिनेटका मन्त्री नै दोहोरिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिकित्सक लाइसेन्स परीक्षामा ‘सिएमसी’ उत्कृष्ट
-
एचआइभी एड्स सङ्क्रमितलाई सामाजिक विभेद अझै चुनौती
-
इरानसँग सम्बन्ध रहेको आरोपमा बहराइनमा १५ जना पक्राउ
-
भक्तपुरमा श्रीमानद्वारा श्रीमतीको हत्या
-
ऊर्जा सङ्कटबिच जापानको नवीकरणीय ऊर्जा विस्तारमा जोड
-
१२ बजे १२ समाचार: विरोधी तह लगाउने अस्त्र बन्दै ‘सम्पत्ति शुद्धीकरण’ देखि लुम्बिनीमा मन्त्रिपरिषद् पुनर्गठनसम्म
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण