शिक्षा सम्बन्धी ऐनमा सबैका भावनाहरू समेटिने लुम्बिनीका मुख्यमन्त्री आचार्यको विश्वास
सारांश
- मुख्यमन्त्री चेतनारायण आचार्यले शिक्षा क्षेत्रको विकासका लागि बन्दै गरेको ऐनमा सबैको भावना समेटिने विश्वास व्यक्त गरे।
- प्याब्सन लुम्बिनी प्रदेश समितिले मुख्यमन्त्रीलाई ज्ञापन पत्र बुझाउँदै शिक्षा ऐन संशोधनमा निजी क्षेत्रको योगदानलाई ध्यान दिन आग्रह गर्यो।
- ज्ञापन पत्रमा निजी विद्यालयलाई गैरनाफामूलक बनाउने प्रावधान र अन्य सेवाहरू निःशुल्क गर्नुपर्ने कुराहरू कम्पनी ऐनको विपरित भएको उल्लेख छ।
बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले समग्र शिक्षा क्षेत्रको विकासका लागि सङ्घीय सरकारले बनाउन थालेको ऐनमा सबैको भावना समेटिने विश्वास व्यक्त गरेका छन् ।
निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल प्याब्सन लुम्बिनी प्रदेश समितिका जिम्मेवार प्रतिनिधिहरुसँग शनिवार आज बुटवलमा छलफल गर्दै मुख्यमन्त्री आचार्यले छुटेका र अपुग विषयहरूलाई समावेश गरेर ऐन, कानुनहरूमा सबैको भावना समेटिने विश्वास व्यक्त गरेका हुन् ।
लुम्बिनी प्रदेश प्याब्सनका अध्यक्ष लालहरि पाण्डे र सचिव कृष्णप्रसाद शर्माले सो अवसरमा मुख्यमन्त्री आचार्यलाई ज्ञापन पत्र बुझाउँदै शिक्षा ऐन संशोधनमा निजी क्षेत्रको योगदान र अस्तित्वलाई बेवास्ता गर्न नहुने भन्दै पहलकालागि अनुरोध गरेका छन् ।
प्याब्सनले २०४७ सालपछि देशमा शिक्षा क्षेत्रमा निजी लगानी तीव्र गतिमा अगाडि बढेको र हाल देशभर करिब ४ लाख रोजगारी सिर्जना गर्नका साथै झन्डै ३४ लाख ५० हजार विद्यार्थीलाई गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको तथ्य प्रस्तुत गरेको छ । तर राज्यले निजी विद्यालयलाई नियमनको सट्टा नियन्त्रणतर्फ झुकाव राख्दा अस्थिरता सिर्जना भएको भन्दै असन्तोष व्यक्त गरिएको छ ।
ज्ञापन पत्रमा विधेयकले निजी विद्यालयलाई क्रमशः गैरनाफामूलक बनाउनुपर्ने प्रावधान, पूर्ण छात्रवृत्ति, परीक्षा शुल्क, पोसाक, यातायात लगायतका सेवाहरू निःशुल्क उपलब्ध गराउनुपर्ने प्रावधान कम्पनी ऐनको भावना विपरीत भएको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जलजलाको लुप्राङमा अङ्गुरखेतीको परीक्षण सफल
-
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
-
अव्यवस्थित सार्वजनिक संरचनाका कारण व्यक्तिले क्षति बेहोर्नुपरे क्षतिपूर्ति दिलाउन सर्वोच्चको आदेश
-
तीन मौसमी वायुको प्रभाव : आज सातै प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
-
साउदी अरब र उरुग्वेबिच बराबरी: अराउजोले टारे उरुग्वेको संकट
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण