नेपालका राजनीतिक दलहरू निर्वाचनदेखि निर्वाचनसम्म मात्रै केन्द्रित भए: सचिव कार्की
सारांश
- माओवादी केन्द्रका सचिव राम कार्कीले राजनीतिक दलहरू निर्वाचन केन्द्रित भएको बताए।
- उनले दलहरू निर्वाचन जित्न मात्रै केन्द्रित हुँदा देशको विकास हुन नसकेको टिप्पणी गरे।
- कार्कीले जनताको असन्तोष र आकाङ्क्षाहरू परिवर्तनको चक्रतर्फ गइरहेको बताए।
काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का सचिव राम कार्कीले नेपालका राजनीतिक दलहरू निर्वाचन केन्द्रित मात्रै भएको बताएका छन् । उनले राजनीतिक दलहरू निर्वाचनदेखि निर्वाचनसम्म मात्रै केन्द्रित हुँदा देशको विकास हुन नसकेको बताए ।
अहिलेको निर्वाचन जित्ने भनेको अर्को निर्वाचन जित्ने हो भन्ने स्थितिबाट राजनीतिक दलहरू अघि बढिरहेको उनको टिप्पणी छ । सचिव कार्कीले नेपालको राजनीतिको चक्रलाई राजनीतिक दलहरूले पनि ०८४ का रूपमा हेरिरहेको र आम नागरिक, किसान, मजदुरहरूले पनि परिवर्तनको चक्रमा रुपमा हेरिरहेको बताए ।
हरेक १५—२० वर्षभित्र नेपालमा ठुला ठुला आन्दोलनहरू हुने गरेको स्मरण गर्दै जनताको असन्तोष, चाहना, आकाङ्क्षाहरू त्यसैतर्फ परिलक्षित भइरहेको उनले बताए । नेपालको राजनीतिमा सक्रिय र प्रभावी रहेका राजनीतिक दलहरूको औचित्यमाथि नै प्रश्न खडा हुनेगरी अहिलेको परिस्थिति अघि बढिरहेको सचिव कार्कीले बताए ।
सचिव कार्कीले अहिले संसारको नेतृत्व नै पुँजीपति वर्गले गरिरहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बैतडीमा घर भत्किँदा ३ जना घाइते
-
वीरगञ्जको क्यासिनोमा नेपालीलाई पूर्ण रोक लगाउन सांसद पन्तको माग
-
बालोगुनमाथिको प्रतिबन्ध स्थगित गर्ने फिफाको निर्णयप्रति युईएफएको कडा आपत्ति
-
तस्बिरमा हेर्नुहोस् एनपीएल अक्सन
-
माउन्ट एल्ब्रसको शिखरमा नेपाली स्पेशालिटी कफी, दाबुटी शेर्पाले गरिन् विश्वसामु प्रवर्द्धन
-
आगामी आर्थिक वर्षभित्र नेपाललाई सडक बालबालिका मुक्त देश बनाउने मन्त्री वादीको घोषणा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण