अछाममा करेन्ट लागेर एक जनाको मृत्यु, पाँच घाइते
सारांश
- अछाममा झण्डा फहराउने क्रममा करेन्ट लाग्दा एक जनाको मृत्यु भएको छ, भने पाँच जना घाइते भएका छन्।
- बर्दादेवी मन्दिर नजिकै राष्ट्रिय झण्डा गाड्ने क्रममा बिजुलीको तारमा छुन पुग्दा दुर्घटना भएको हो।
- घाइते भएका १६ वर्षीय रोहित साउदको उपचारको क्रममा मृत्यु भएको हो, र अन्य घाइतेहरुको उपचार भइरहेको छ।
अछाम । झण्डा फहराउने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् । जिल्लाको बान्निगढी जयगढ गाउँपालिका–१ जयगढ बजारस्थित बर्दादेवी मन्दिर नजिक कृष्ण जन्माष्टमीका अवसरमा लाग्ने मेलाको तयारीस्वरूप सार्वजनिकस्थलमा नेपालको राष्ट्रिय झण्डा गाड्ने क्रममा उक्त फलामे झण्डाले बिजुलीको तारमा छुँदा करेन्ट लागेको हो ।
करेन्ट लागेर घाइते भएका मेल्लेख गाउँपालिका–७ नन्देगडा निवासी १६ वर्षीय रोहित साउदको उपचारका क्रममा बयालपाटा प्रादेशिक अस्पताल अछाममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख ओमप्रकाश खनालले बताए ।
घाइते बान्निगढी जयगढ– ६ का १८ वर्षीय समीर शाह, १७ वर्षका विनोद रावत, २० वर्षीय बम शाह, साँफेबगर नगरपालिका–४ मुगसैनका १६ वर्षीय लवशन सुनार र रामारोशन गाउँपालिका–६ भाटाकाटियाका १६ वर्षीय शमशेर साउदको सोही अस्पतालमा उपचार भइरहेको छ । घाइते सबैको अवस्था सामान्य छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चेक अनादर मुद्दामा सर्वोच्चको फैसला : बाउन्स भएको चेकको रकम र ब्याज दुवै भराउनुपर्ने
-
विदेशबाट फर्किपछि माछापालनः मनग्य आम्दानी गर्दै विजयकुमार
-
गर्मी बढ्दै जाँदा ‘लू’ को उच्च जोखिम : के हुन् लक्षण र कसरी बच्ने?
-
तिला गाउँपालिमा भौतिक पूर्वाधार निर्माणमा प्रगति
-
साहित्य मानव सभ्यताको आत्मबोध गर्ने सशक्त माध्यम हो : सञ्चारमन्त्री
-
महिनावारीमा दुखाइ कम गर्ने औषधिले बाँझोपन निम्त्याउँछ ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण