एमालेलक्षित शेखरको कटाक्ष, ‘जहाँ खाली जग्गा त्यहाँ एमाले’
सारांश
- कांग्रेस सांसद डा. शेखर कोइरालाले एमालेमाथि 'जहाँ खाली जग्गा त्यहाँ एमाले' भन्दै टिप्पणी गरे।
- उनले भूमि सम्बन्धी विधेयकमा कांग्रेसको संशोधनमाथि छलफल नभएको र एमालेको भूमिकाको आलोचना गरे।
- कोइरालाले संघीय निजामती ऐनमा एमालेको चलखेल र 'कुलिङ अफ पिरियड' हटाउन खोजेको आरोप लगाए।
काठमाडौँ । नेपाली कांग्रेसका सांसद डा. शेखर कोइरालाले सत्ता साझेदार दल नेकपा एमालेमाथि ‘जहाँ खाली जग्गा त्यहाँ एमाले’ भन्दै टिप्पणी गरेका छन् ।
शनिबार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै कोइरालाले अहिले भूमि सम्बन्धी आएको विधेयकमा कांग्रेस सांसदहरूले संशोधन राख्दा समेत त्यसमाथि छलफल गर्न नदिइएको आरोप लगाएका हुन् ।
उनले भने, ‘अहिले भूमि सम्बन्धी विधेयक छ । एमाले त जहाँ खालि जग्गा देख्छ त्यहाँ एमालेको आँखा गइहाल्दो रहेछ । जहाँ पनि तपाईं हेर्नुस् । यो गोकर्ण रिसोर्ट, राजा वीरेन्द्रको सम्पत्तिमा एमालेका आँखाहरू हेर्नुस् । लिचीबारी पोखराको हेर्नुस्, गिरीबन्धु टी-स्टेट हेर्नुस् । जताततै एमालेको मात्रै सुनिन्छ । सङ्घीय मामिला मन्त्रीले त राजीनामा दिनुभयो । तर भूमिसुधार मन्त्री अहिले पनि जबरजस्ती बसिरहनुभएको छ । जबकि कास्की जिल्लाको एमाले कमिटीले पूरैले भूमिसुधार मन्त्रीले पनि राजीनामा दिनुपर्छ भनेको छ । बिचौलिया एक जना हुनुहुँदो रहेछ । रेशम चौधरीजीको पार्टीको । सांसद पनि बिचौलिया भइसकेपछि त के अवस्था हुन्छ देशको ? ’
कोइरालाले सङ्घीय निजामती ऐनमा रहेको कुलिङ अफ पिरियडमा छेडखानी गर्ने काम नेकपा एमालेबाट भएको आरोप लगाए । उनले यसबारेमा अहिलेसम्म कुरा लुकाए पनि अब लुकाउनुपर्ने आवश्यकता नरहेको जिकिर गरे ।
उनले भने, ‘यसमा लुकेको केही छैन, अहिलेसम्म हामीले लुकायौँ अब लुकाउनुपर्ने आवश्यकता छैन । किन छैन भने राष्ट्रिय सभामा एमालेका सांसदहरूले कुलिङ पिरियड हटाउनुपर्छ भनिकन उहाँहरूले संशोधन प्रस्ताव हालिसकेपछि किन त्यस्तो संशोधन हालेको भनेर पत्रकारले सोध्दा हामीलाई माथिको निर्देशन छ भने । एमाले त छलकपट गर्दो रहेछ । त्यसमा पनि दुई मत छैन ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
केपी ओलीलाई आफ्नोभन्दा बढी कांग्रेसको चिन्ता !
-
अभिनेत्री दीपाश्री निरौला डिस्चार्ज
-
प्रधान न्यायाधीश शर्मा भारत प्रस्थान
-
वैदेशिक व्यापारमा नयाँ रेकर्ड, तर व्यापार घाटा झण्डै १८ खर्ब
-
राजेश हमालकाे प्रश्न : देशको शासन प्रणाली ‘हिट एन्ड मिस’ को भरमा सञ्चालन गर्नु कत्तिको बुद्धिमानी हो ?
-
चालु आव ‘कानुन निर्माण तथा सुधार वर्ष’ घोषणा, उच्चस्तरीय समिति गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण