मेलमिलापबाट जिल्ला अदालतले टुंग्यायो ८० मुद्दा
सारांश
- बाँके जिल्ला अदालतमा मेलमिलापबाट ८० मुद्दाको टुङ्गो लागेको छ।
- अदालतमा मेलमिलापका लागि पठाइएका मुद्दामध्ये ९० वटामा अझै मेलमिलाप हुन बाँकी छ।
- आर्थिक वर्ष २०८१/८२ मा अदालतमा ७,८०४ मुद्दा दर्ता भएका थिए, जसमध्ये ४,६८५ मुद्दाको फैसला भएको छ।
बाँके । जिल्ला अदालतमा मेलमिलाप भएर ८० मुद्दाको टुङ्गो लागेको छ । खासगरी देवानी प्रकृतिका लेनदेन, अंशवण्डा, मानाचामल भराउने, लिखत बदर, सम्बन्धविच्छेद, जग्गा साँधलगायतका मुद्दा अदालतमा रहेको मेलमिलाप केन्द्रबाट टुङ्गो लागेको बाँके जिल्ला अदालतका सूचना अधिकारी तीर्थराज आर्चायले जानकारी दिए ।
उनले मेलमिलापका लागि अदालतबाट आदेश भएर छलफल गर्न पठाइएको मुद्दा एक हजार १८३ भएको र मेलमिलाप हुन बाँकी रहेका मुद्दा ९० भएको बताए । जिल्ला अदालतमा मेलमिलाप हुनसक्ने प्रकृतिका मुद्दा छ हजार २७ र मेलमिलाप हुन नसकेका मुद्दा एक हजार १३ रहेको अदालतले जनाएको छ । यी सबै मुद्दा आर्थिक वर्ष २०८१/८२ का हुन् ।
“अदालतमा मुद्दा दर्ता भएपछि बेञ्चले एकपटक मेलमिलापका लागि छलफल गराउने कानुनी प्रावधान रहेको छ, तर त्यहाँबाट मेलमिलाप भएन भने फैसला हुन्छ”, सूचना अधिकारी आर्चायले भने ।
अधिवक्ता वसन्त गौतमले मेलमिलापको अवधारणा पीडितमैत्री बनाउने रहेको उल्लेख गर्दै कतिपय मुद्दामा गोपनियताको विषयलाई पनि प्राथमिकता दिनुपर्ने बताए ।
अदालतमा स्थापना भएको मेलमिलाप केन्द्रका लागि तालिमप्राप्त दक्ष मेलमिलाप सहजकर्ता हुने गरेका छन् । बाँकेको जिल्ला अदालतमा सूचीकृत भएका १७ जना मेलमिलापकर्ता रहनुभएको छ । जिल्ला अदालतमा आव २०८१÷८२ मा जिम्मेवारी सरिआएका तीन हजार ४३१ र नयाँ दर्ता भएका चार हजार ३७३ गरी सात हजार ८०४ मुद्दामध्ये चार हजार ६८५ मुद्दा फछ्र्योट भएको छ ।
फछ्र्योट हुनेमा जिम्मेवारी सरिआएका दुई हजार ६२७ र नयाँ दुई हजार ३१ रहेको जिल्ला अदालतले जनाएको छ । अदालतमा दुई वर्ष नाघेका मुद्दाको सङ्ख्या ५३ रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग
-
जलजलाको लुप्राङमा अङ्गुरखेतीको परीक्षण सफल
-
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
-
अव्यवस्थित सार्वजनिक संरचनाका कारण व्यक्तिले क्षति बेहोर्नुपरे क्षतिपूर्ति दिलाउन सर्वोच्चको आदेश
-
तीन मौसमी वायुको प्रभाव : आज सातै प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
-
साउदी अरब र उरुग्वेबिच बराबरी: अराउजोले टारे उरुग्वेको संकट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण