बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

लोकप्रिय युट्युबर एल्विश यादवको घरमा दर्जनौँ राउन्ड गोली प्रहार

आइतबार, ०१ भदौ २०८२, १० : १६
आइतबार, ०१ भदौ २०८२

सारांश

  • युट्युबर एल्विश यादवको गुरुग्रामस्थित घरमा अज्ञात व्यक्तिहरूले गोली प्रहार गरे।
  • घटना हुँदा एल्विश घरमा थिएनन्, तर उनकी आमा र कामदार घरमै थिए।
  • प्रहरीले आक्रमणकारीको खोजी सुरु गरेको छ र सीसीटीभी क्यामेराको माध्यमबाट अनुसन्धान गर्दैछ।

मुम्बई । लोकप्रिय युट्युबर एल्विश यादवको गुरुग्रामस्थित घरमा आइतबार बिहान गोली प्रहार भएको छ। घटना बिहान ६ बजे भएको बताइएको छ। 

यसबारे सेक्टर ५६ प्रहरी चौकीमा उजुरी दर्ता भएसँगै अनुसन्धान सुरु गरिएको छ। गोली चलाउँदा एल्विश घरमा उपस्थित थिएनन्। यद्यपि, उनकी आमा र कामदार घरमै थिए।

प्रहरी स्रोतका अनुसार आइतबार बिहान ५:३० देखि ६:०० बजेसम्म मोटरसाइकलमा आएका तीन जना अपरिचित व्यक्तिले लगातार दुई दर्जनभन्दा बढी राउन्ड गोली चलाएका थिए। प्रहरीले आक्रमणकारीहरूको खोजी सुरु गरेको छ र यसको लागि क्षेत्र वरपरका सीसीटीभी क्यामेराहरू स्क्यान गरिँदैछ। अहिलेसम्म कुनै पनि समूहले यो गोलाबारीको जिम्मेवारी लिएको छैन।

एल्विश यादवभन्दा पहिले गायक फाजिलपुरियामाथि हालै गोली चलाइएको थियो। यसबाहेक, क्यानडामा लोकप्रिय हास्य कलाकार कपिल शर्माको क्याप्स क्याफे बाहिर गोली चलाइएको थियो। 

पहिलो पटक गोली चलाएको जिम्मेवारी खालिस्तानी आतङ्ककारी हरिजीत सिंह लड्डीले लिएका थिए। जबकि, दोस्रो गोली चलाउने ग्याङ्गस्टर गोल्डी ढिल्लनले लिएका थिए । उनले आफूलाई लरेन्स ग्याङको सदस्य बताएका थिए। 

गोल्डीले सामाजिक सञ्जालमा पोस्ट गर्दै सलमान खानसँग काम गर्ने जो कोहीको पनि भाग्य उस्तै हुने चेतावनी दिएका थिए। दोहोरो गोलाबारीपछि कपिल शर्माको सुरक्षा बढाइएको छ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप