पहिरो हटाएपछि नारायणगढ–मुग्लिन सडक सञ्चालनमा, सावधानी पूर्वक यात्रा गर्न सुझाव
आइतबार, ०१ भदौ २०८२, ११ : ४३
सारांश
- नारायणगढ-मुग्लिन सडक खण्डको तुइन खोलामा खसेको पहिरो पन्छाएपछि सडक दुईतर्फी सञ्चालनमा आएको छ।
- आइतबार बिहान तुइन खोला नजिकै पहिरो खसेको थियो।
- सडक डिभिजन भरतपुरका अनुसार, बिहान ११ बजे सडक दुवैतर्फ सञ्चालनमा आएको हो।
काठमाडौँ । नारायणगढ–मुग्लिन सडक खण्डको तुइन खोलाको पहिरो पन्छाएपछि दुईतर्फी रूपमा सञ्चालनमा आएको छ ।
आइतबार बिहानै यो खण्डमा पर्ने तुइनखोला नजिकै पहिरो खसेको थियो । पहिरो हटाएसँगै सडक सञ्चालनमा आएको सडक डिभिजन भरतपुरले जनाएको छ ।
‘मुग्लिन–नारायणगढ सडक खण्डको तुइन खोला नजिकै खसेको पहिरो हटाइसकेपछि बिहान ११ बजे सडक दुवैतर्फ सञ्चालनमा आएको छ ,’ सडक डिभिजनले भनेको छ,‘ढुङ्गा खस्ने क्रम कायमै सावधानी पूर्वक सुरक्षित यात्रा गर्नुहुन सबैमा अनुरोध छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रश्नपत्र चुहावट विरुद्ध भारतमा युवा आन्दोलन चर्कियो
-
पहिराेले अवरुद्ध चितवन तर्फको सडक खुल्यो, धादिङतर्फ अझै अवरुद्ध
-
बर्नहम बन्दै छन् बेलायतका नयाँ प्रधानमन्त्री : यस्तो छ सत्ता हस्तान्तरण प्रक्रिया
-
कर्णालीको अति दुर्गम समुदायमा हिमालय आँखा अस्पतालको सेवा विस्तार : एक वर्षमा १७ हजारभन्दा बढी सेवा
-
शुक्लाफाँटा निकुञ्जमा च्याउ खोज्न गएका ३ जनाको सकुशल उद्धार, १४ जना अझै बेपत्ता
-
साउनको पहिलो सोमबार गोकर्णेश्वर मन्दिरमा भक्तजनको घुइँचो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण