डिशहोम र ‘द बर्गर हाउस एण्ड क्रन्ची फ्राइड चिकेन’ बिच साझेदारी, ग्राहकलाई विशेष छुट
काठमाडौँ । डिशहोमले आफ्नो भर्चुअल प्रिभिलेज कार्ड मार्फत नेपालकै लोकप्रिय फास्ट–फूड चेन ‘द बर्गर हाउस एण्ड क्रन्ची फ्राइड चिकेन’ सँग साझेदारी गरेको घोषणा गरेको छ। यस साझेदारीसँगै सक्रिय डिशहोम ग्राहकहरूले अब देशभरका १५८ वटै आउटलेटहरूमा फूड एण्ड बेभरेजमा १० प्रतिशत छुट पाउने भएका छन्।
‘द बर्गर हाउस एण्ड क्रन्ची फ्राइड चिकेन’ स्वादिलो बर्गर, क्रन्ची फ्राइड चिकेन र अन्य फास्ट–फूड परिकारका लागि परिचित ब्रान्ड हो। नेपालभरका आउटलेटहरूसँग गरिएको सहकार्यले डिशहोमका ग्राहकहरूलाई जुनसुकै स्थानमा पनि छुटसहित आफ्नो मनपर्ने परिकार खान सक्ने सुविधा उपलब्ध हुने कम्पनीले जनाएको छ।
छुट लिनका लागि ग्राहकहरूले माइ डिशहोम एप डाउनलोड गरी लग–इन गर्नुपर्नेछ। एपको होमपेज वा प्रोफाइल सेक्सनमा उपलब्ध भर्चुअल प्रिभिलेज कार्ड देखाएर जुनसुकै ‘द बर्गर हाउस एण्ड क्रन्ची फ्राइड चिकेन’ आउटलेटमा छुट पाउन सकिनेछ।
“यो साझेदारीले नेपालको मनपर्ने फास्ट–फूड गन्तव्यलाई हाम्रो ग्राहकहरूको दैनिक जीवनमा अझ मूल्य थप्ने हाम्रो प्रतिबद्धतासँग जोडेको छ,” डिशहोमका सीईओ तारा मानन्धरको भनाइ छ ।
डिशहोमले ग्राहकहरूलाई डाइनिङ, आतिथ्य, यात्रा तथा लाइफस्टाइल क्षेत्रमा विशेष छुट उपलब्ध गराउने उद्देश्यसहित भर्चुअल प्रिभिलेज कार्ड कार्यक्रम सुरु गरेको हो। कम्पनीले आगामी महिनाहरूमा थप शीर्ष ब्रान्डलाई पनि यस कार्यक्रममा समावेश गर्ने तयारी गरेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘डा. केसीसँग छु’ भन्ने शिक्षामन्त्रीकै कार्यशैलीविरूद्ध गाेविन्द केसीकाे २४औँ सत्याग्रह
-
सूर्यवंशीको कीर्तिमानी अर्धशतक, टी-२० मा भारतको हारको शृङ्खला अन्त्य
-
निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्छाैँ : शिक्षामन्त्री
-
बीमा सम्बन्धी कसुरमा मृदुला सरिया पक्राउ
-
पश्चिम एसियाको स्थिति ‘कल्पनाभन्दा बाहिर’ : महासचिव गुटेर्रेस
-
गर्मी बढ्दै जाँदा युरोपमा खडेरी गम्भीर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण