क्यान्डिडेट छलफलका लागि रास्वपाका तर्फबाट आकांक्षी ९ जना उम्मेदवार भैरहवामा
सारांश
- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले रुपन्देही-३ उपनिर्वाचनका लागि उम्मेदवार छनोट प्रक्रिया भैरहवामा सुरु गरेको छ।
- प्रवक्ता मनिष झाका अनुसार उम्मेदवारका आकांक्षीहरूसँग संविधान, देशको चुनौती र जनचासोका विषयमा छलफल भइरहेको छ।
- पार्टीले साउन २७ देखि भदौ ११ गतेसम्म आन्तरिक मूल्याङ्कन र भदौ १२ र १३ गते प्राइमरी निर्वाचन गर्नेछ।
काठमाडौँ । कात्तिक १७ गते रुपन्देही–३ मा हुन लागेको उपनिर्वाचनको लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को तर्फबाट आकांक्षी ९ जना क्यान्डिडेट छलफलका लागि भैरहवा पुगेका छन् । आइतबार भैरहवास्थित रामादा होटलमा उम्मेदवार चयन प्रक्रियाबारे छलफल जारी रहेको प्रवक्ता मनिष झाले जानकारी दिए ।
उम्मेदवार हुन निवेदन दिनेहरूसँग प्यानलमा छलफलको लागि प्रवक्ता झासहित सहमहामन्त्री विपिन आचार्य, सांसद तथा पूर्व शिक्षा मन्त्री शिशिर खनाल र सांसद प्राध्यापक डाक्टर चन्दा कार्की सहभागी भएका छन् । त्यसरी नै निवेदकहरूसँग पार्टीका उपसभापति तथा सांसद डा.स्वर्णिम वाग्लेले ‘वन अन वन’ छलफल गर्ने कार्यतालिका छ ।
यस प्रक्रियाको उद्देश्य रास्वपाको तर्फबाट उम्मेदवारीको लागि निवेदकहरूले संविधान, देशको वर्तमान चुनौती र अवस्था, देशको राजनीतिक परिवेश, स्थानीय मुद्दा, कानुनी प्रक्रिया, संसदीय अभ्यास तथा जनचासोको विषयहरूमा कति जानकारी राख्छन् भन्ने विषयमा बुझ्ने प्रयास भएको झाले बताए ।
रास्वपाले साउन २७ देखि भदौ ११ गतेसम्म पोलिटिकल एकेडेमी विधि अनुसार आन्तरिक मूल्याङ्कन गर्ने कार्य तालिका रहेको छ । भदौ १२ र १३ गते प्राइमरी निर्वाचन राखिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विदेशी बिरामी मार्फत् एक अर्ब ५० करोडभन्दा बढी विदेशी मुद्रा भित्र्याउँदै नेपाल नेत्रज्योति सङ्घ
-
लालबकैया बाँधको उच्चस्तरीय अनुगमन, बाढी जोखिम न्यूनीकरणमा सतर्कता अपनाइने
-
बीपी स्मृति दिवसमा कांग्रेसले आयोजना गर्ने ‘ग्रिन रन’ मा सहभागी हुन सभापति थापाको आह्वान
-
बाढीले क्षतिग्रस्त विद्युतीय गाडी टिमुरे भन्सारमै बेवारिसे (तस्बिरहरू)
-
काठमाडौँको बौद्धमा युवतीले गरिन् आत्मदाह प्रयास
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण