भरतपुरमा ८ वर्षमा १ हजार ६५ किलोमिटर सडक कालोपत्रे
सारांश
- भरतपुरमा ८ वर्षमा १ हजार ६५ किलोमिटर सडक कालोपत्रे भएको छ, जसले गर्दा महानगरको स्वरुप फेरिएको छ।
- महानगर प्रमुख रेनु दाहालको नेतृत्वमा पहिलो कार्यकालमा ६२२ किमी र दोस्रो कार्यकालमा ४४२ किमी सडक कालोपत्रे गरियो।
- भरतपुरको पुल्चोकदेखि गोन्द्राङसम्म, बाइपास सडक, हुलाकी सडक, प्रचण्ड पथ र चक्रपथ निर्माण भइसकेको छ।
चितवन । कुनै समय भरतपुरमा कालोपत्रे सडक हेर्न नारायणगढ बजार नै पुग्नु पर्दथ्यो । अहिले भने यहाँका भरतपुरको स्वरुप नै फेरिएको छ ।
भरतपुरको १ देखि २९ वडा पुग्न ३० मिनेट छुट्टाए पुग्ने भएको छ । सडक सञ्जालले सबै स्थानलाई जोडेको छ ।
भरतपुर महानगरपालिकामा ८ वर्षको अवधिमा १ हजार ६५ किमि सडक कालोपत्रे भएको छ । यी सडकहरू ६ मिटरदेखि १६ मिटर चौडाइसम्मका छन्। यसबाहेक सङ्घ र प्रदेश सरकारमार्फत करिब २०० किमि सडक थप बनेका छन्।
महानगर प्रमुख रेनु दाहालको नेतृत्वमा पहिलो कार्यकालमा ६२२ किमि सडक कालोपत्रे गरिएको थियो। दोस्रो कार्यकालका ३ वर्षमा थप ४४२ किमि सडक बनेको छ । यही गतिमा कालोपत्रे सडक निर्माण भए दोस्रो कार्यकालको अन्त्यसम्म ७३५ किमि भन्दा बढी सडक बन्ने छ ।
‘विकासको पहिलो आधार सडक नै हो, उनले भनिन्, ‘कतिपयले कालोपत्रे गरेर विकास होइन भनेको सुनिन्छ । सडकले नै अन्य विकासलाई जोड्छ । समयको बचत हुन्छ । ट्रान्सपोर्टेसनमा लाग्ने लागत घटेर जान्छ । सबै क्षेत्रलाई सहज बनाउँछ ।’
महानगरले अहिले सडकलाई हरियालीसहित सौन्दर्यकरण गर्ने नीति लिएको छ । निर्माण भएका सडकको दाँया–बाँया वृक्षरोपण गर्ने कार्यलाई निरन्तरता दिइरहेको छ । भरतपुरको पुल्चोकदेखि गोन्द्राङसम्म, बाइपास सडक, हुलाकी सडक, प्रचण्ड पथ र चक्रपथ निर्माणका लागि सङ्घीय सरकारसँग पहलमा निर्माण भइसकेको छ ।
महानगरभित्र मङ्गलपुर–शिवनगर, पार्वतीपुर–शुक्रनगर हुँदै तेलौलीसम्म २१ किलोमिटर प्रचण्ड पथ सङ्घीय सरकारको बजेटमा निर्माण भएको छ । महानगरको चक्रपथ ८८ किलोमिटर छ । ‘सडक बनाउने मात्रै होइन, सौन्दर्यीकरणका लागि पनि ध्यान दिइएको छ । हाल महानगरभित्रका मुख्य सडकको ८० किलोमिटर क्षेत्रमा स्मार्ट सडकबत्ती जडान गरिसकेको छ । बाँकी एक सय ५० किलोमिटर सडक क्षेत्रमा स्मार्ट लाइट जडानको कार्य अन्तिम चरणमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युक्रेनको बन्दरगाहमा व्यापारिक जहाजमाथि हमला, ४ भारतीयको मृत्यु
-
महिलालाई थारु परिकार बनाउने सीप
-
नेपाल–रुस दौत्य सम्बन्धको ७०औँ वर्षगाँठ मनाइयो
-
वीरगञ्जमा मुख्य सडक विस्तार अभियान पुनः सुरु
-
वार्ताका लागि मध्यस्थकर्तामार्फत् कूटनीतिक च्यानल सक्रिय : इरान
-
वैदेशिक रोजगारीमा जानेको बिमा व्यवस्थापनलाई श्रमिकमैत्री बनाइने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण