आइतबार, ०७ असार २०८३
ताजा लोकप्रिय

शिक्षकहरूको सेवा प्रवेश उमेरहद ४० वर्ष बनाउन माग

आइतबार, ०१ भदौ २०८२, १५ : ३५
आइतबार, ०१ भदौ २०८२

काठमाडौँ। संसद्‌मा छलफलका क्रममा रहेको विद्यालय शिक्षा विधेयक २०८० मा शिक्षकहरूको सेवा प्रवेश उमेरहद ४० वर्ष कायम गर्न सरोकारवालाहरूले माग गरेका छन् ।

४० वर्ष उमेरहद र तहगत शैक्षिक योग्यताक्रम हुनुपर्ने मागसहित राष्ट्रिय सङ्घर्ष समितिले शिक्षा समितिलाई ध्यानाकर्षपत्र बुझाएको छ । 

आइतबार समितिका संयोजक भक्तबहादुर बुढा र सहसंयोजक गोविन्द भण्डारीले समितिलाई बुझाएको ध्यानाकर्षण पत्रमा उमेरहद ४० वर्ष तथा प्रावि र निमावि अर्थात आधारभूत तहमा प्लस २ सहित शैक्षिक योग्यता प्रमुख रूपमा समावेश नगरी विधेयक अधि बढाएकोमा आपत्ति जनाइएको छ । 

समितिले आफूहरूले उठाएका मुद्दा विगतमा नेपाल सरकारसँग समेत सम्झौता भइसकेकाले सरकारलाई विगतका सम्झौता पन्छाउने छुट नभएको जनाएको छ । 

‘समग्रमा हामीले उठाएका विषय राष्ट्रिय मुद्दा र युवाका माग भएकोले यस विषयलाई खेलाँची नसम्झन युवालाई कम सोच्ने विदेशी इसारामा युवा लखेट्ने अभ्यास जालसाजी नगर्न र यी विषयलाई गम्भिरतापूर्वक लिएर संविधानको धारा १७,३३, ३४ अनुसार सबै नेपाली नागरिकले पाउने हक र पहिले पाएका तपसिल कानुनी अधिकारका विषयले हालको संविधानलाई असर नगर्ने स्पष्ट हुन अनुरोध गर्दछौ’, समितिले भनेको छ ।

530917608_2501065343608382_3344584577205327750_n

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप